घोराही, २५ माघ । लक्ष्मीपुर गाविसमा रहेको मावि गोग्लीमा गठीत युवा सञ्जालले आगामाी असार महिनासम्म सञ्चालन गर्ने क्रियाकलापको योजना तयार गरेको छ । मावि गोग्लीमा भएको कार्यक्रममा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएका युवाहरुको समस्या पहिचान गर्दै त्यसैको आधारमा कार्ययोजना बनाएको इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता शालिकरा मुसाफिरले जानकारी दिए ।
युवा सञ्जालका अध्यक्ष माधव रोकाको तथा लक्ष्मीपुर गाविस स्तरीय युवा सञ्जालका अध्यक्ष गिरबहादुर महराको प्रमुख आतिथ्यता र लक्ष्मीपुर गाविसका प्रतिनिधि हेमराज पौडेललको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा बढ्दो वालविवाह न्यूनिकरणका सचेतना तथा अन्तरक्रिया गर्ने, लागू पदार्थ दुव्र्यशनी र एचआइभी एडसका बारेमा अभिमुखिकरण, विद्यालय सरसफाइ लगायतको कार्यक्रम गर्ने योजना तयार गरेको छ ।
सो अवसरमा दीपा आचार्य, बामदेव सुनार, मनिषा पौडेल, सरिता पोख्रेल, सपना रिजाल, अंगिता चौधरी लगायतले बोलेका थिए । इन्सेकले स्थानीय निकायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेहि बनाउने (इएलपी) कार्यक्रम तीन वर्षका लागि सञ्चालन गरेपछि गठन गरिएको सञ्जालले आफनो कार्यक्रम तयार गरेको हो ।
