इन्द्रेणी संवाददाता
दाङ, २४ माघ । पर्यावरण संरक्षण अभियान लोहारपानी दाङले लोहारपानी गाविसको वडा नं. ८ स्थित अमारे, वाटुले भन्ने स्थानबाट पनि घोराही सिमेन्टले चुनढुंगा उत्खनन् गर्ने तयारी गरिरहेकाप्रति गम्भीर आपत्ती जनाएको छ ।
आज जिल्ला प्रशासन कार्यालय दाङ ज्ञापनपत्र बुझाउदै अभियाननले त्यहाँबाट पनि चुनढुंगा उत्खनन् गर्ने हो भने त्यस क्षेत्रको पानीको स्रोत व्रेक हुने भन्दै यस्तो कार्य तत्काल रोक्नुपर्ने माग गरेको छ ।
स्थानीय केही विद्यालयहरु र केही स्थानीयहरुलाई आर्थिक प्रलोभनमा पारी त्यहाँको जग्गा खरिद गर्नेलगायतका कार्य भइरहेको भन्दै तत्काल त्यस्तो कार्य रोक्ने समेत माग गरिएको छ ।