डोटी, २४ माघ । केही दिनयता पत्रकार तथा सञ्चार माध्यममाथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघ डोटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । समाचार लेखेको आधारमा डोटीका पत्रकारहरुलाई त्यहाँका सहायक वन अधिकृतले समाजिक सञ्जालमार्फत धम्क्याएका छन् ।
त्यस्तै समाचारकै विषयलाई लिएर केही दिनयता न्यूजसेवा डटकम , दियो पोष्ट डट कम, आर्थिक न्यूज डट कम लगायतका केही अनलाईन माध्यम ब्लक गरिएको सम्बन्धी अनलाईनबाट जानकारीमा आएको छ ।
सचिव धु्रव लम्सालद्धारा जारी विज्ञप्तिमा स्वतन्त्र प्रेस तथा पत्रकारिता माथिको धम्की र सञ्चार माध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप हुनजाने भएकोले महासंघ दोषिमाथि कडा कारबाहीको माग गर्दै बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहजरुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गरिएको छ ।
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)