अमरराज आचार्य
दाङ, २४ माघ । दाङको घोराही नगरपालिकामा अब नगरबस सञ्चालन गरिने भएको छ । त्यसका लागि तयारी समेत थालिएको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरपालिका कार्यालयका प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार छिट्टै नै नगर बस सञ्चालन हुने बताए । बस सञ्चालन भएपछि नगरवासीहरुलाई सहज समेत हुने अधिकृत सापकोटाले बताए । पहिलो चरणमा नगरपालिका भित्र सहज रुपमा यातायात पुग्ने स्थानमा बस सञ्चालन गरिने नगरपालिका कार्यालयले जनाएको छ ।
नगरपालिकामा बस सञ्चालन गर्नका लागि नगर क्षेत्रमा अध्ययन समेत गरिएको थियो । कार्यकारी अधिकृत सापकोटाले भने । यसरी अध्ययन गरिएका क्षेत्रहरुमा नगर बस सञ्चालन गर्ने तयारी भएको छ ।’ नगर बस सञ्चालन गर्नका लागि यातायात व्यवसायीहरु नगरपालिका मिलेर अध्ययन गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरभित्र कति बस सञ्चालन गर्ने, रकम कति निर्धारण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल गरेर निर्धारण गरिने घोराही नगरपालिका कार्यालयका सूचना अधिकारी प्रेम केसीले जानकारी दिए । उनका अनुसार नगरपालिकाको संयोजनमा यातायात व्यवसायीहरुले नगर बस सञ्चालन गरिने बताए । नगरपालिकाले अहिले नगर बस सञ्चालनका लागि रुट समेत तय गरिसकेको छ ।
सूचना अधिकारी केसीका अनुसार सबै नगर बसहरु बस पार्कबाट सञ्चालन हुने छन् । नगरपालिका र यातायात व्यवसायीहरु मिलेर तयार पारेको नगर बस सञ्चालन हुने क्षेत्रहरु यस प्रकारका छन् । मसिना नागेश्वर मन्दिरबाट घोराही गैरागाउँ हुँदै कर्जाही धारपानी, बस पार्कबाट ट्राफिक हुँदै मसिना नागेश्वर मन्दिरबाट गिठेपानी स्कूल फुर्सेखाली हुँदै बसपार्क आउने छन् ।
बसपार्कबाट नवलपुर, सिस्ने खोलासम्म, बसपार्कबाट तुरुन्तपुर हुँदै बाह्रकुने दह, बगाले रानीजरुवा बसपार्क आउने छन् । बसपार्क बाह्रकुने दह हुँदै वनगाउँ, बाहुनडाँडा लेटार गरुवागाउँ सर्रा हाइवेबाट पुन घोराही बसपार्क, घोराही हापुर जाने बाटोबाट कलमघारी चखेरी पुनः घोराही, घोराही बसपार्कबाट बडहरा मलेरी रमना हुँदै पुनः बसपार्क, बसपार्कबाट तेरौटे, लेटार बमहुनडाँडा अर्घु हुँदै पुनः बसपार्क, बसपार्कबाट हाइवे हुँदै बीपीमार्ग रामपुरसम्म नगरबस सञ्चालन हुने छन् ।
