दाङ, २४ माघ । बिजौरी ४ हेमन्तापुरका स्व. दुर्गाबहादुर रावत र टीका रावतको नाममा उनँका नाति र नातिनी बुहारी सितलराज रावत र सरोजा केसी रावतले ५० हजारको अक्षयकोष स्थापना गरेका छन् ।
स्व. दुर्गाबहादुरको १३ औ दिनको पुन्यतिथीमा हेमन्तापुरमा आयोजित श्रद्धाञ्जली सभामा रावत परिवारले नेपाल पत्रकार महासंघमा ५० हजारको अक्षकोष स्थापना गरेका हुन् ।
कार्यक्रममा अक्षकोषको रकम पत्रकार महासंघ दाङका अध्यक्ष सुदीप गौतमलाई हस्तान्तरण गरिएको थियो । सो अक्षकोषबाट प्रत्येक बर्ष एकजनालाई पुरस्कृत गर्नुपर्ने रावतले वताए । रावतको ८० बर्षको उमेरमा माघ १२ गते मृत्यु भएको थियो ।
