घोराही, २४ माघ । नेपाल प्रेस युनियन दाङ महिला विभागले दाङका सञ्चार माध्यमहरुलाई महिलामैत्री वतावरण वनाउन आग्रह गरेको छ । सोमवार घोराहीमा भएको एक कार्यक्रममा नेपाल प्रेस युनियन महिला विभागको भेलाले १० बुँदे घोषणा पत्र जारी गर्दै सञ्चार माध्यमहरुलाई महिलामैत्री वतावरण वनाउन आग्रह गरेको हो ।

11कार्य समय निर्धारण गर्दा पत्रकार महिलाको अनुकुलता तथा स्वास्थ्यलाई विशेष ख्यालगर्नु गर्नुपर्ने तथा कार्यकक्षमा बोलीने भाषा÷शब्द महिलालाई सम्मान गर्ने खालको हुनु पर्न घोषणा पत्रमा उल्लेख छ । कामको जिम्मेवारी दिदा महिलालाई पनि पुरुष सरह समान रुपले दिइनु पर्ने उल्लेख गरेको युनियन महिला विभागले रिर्पोटिङमा पत्रकार महिलालाई पनि पठाएर क्षमता विकासको अवसर दिनुपर्ने माग गरेको छ । साथै उनीहरुका लागी स्रोत साधनको पनि उचित प्रबन्ध गरिनुपर्ने उल्लेख छ ।

कार्यकक्ष लैङ्गिक हिंसा मुक्त हुनु पर्ने उल्लेख गर्दै पत्रकार महिला माथि हुने हिंसाको उजुरी गर्न सकिने गरि सवै सञ्चार माध्यममा गुनासो पेटिका राखिनुपर्ने जनाएको छ । हिंसा गर्नेलाई कारबाहि गर्ने पद्धतिको बसाल्नुपर्ने उल्लेख गर्दै समानकामको समानज्यालाको निति अबलम्बनगर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पारिश्रमिक उपलब्ध गराईनुपर्ने माग राखेको छ ।