तुलसीपुर २४ माघ । आईबोस ग्लोबल मार्केटिङ प्रालिले दाङमा पनि सेवा बिस्तार गर्ने भएको छ । शनिबार तुलसपुरमा कार्यक्रम गरि यस्तो जानकारी गराईएको हो । प्रालिका अध्यक्ष राज कुमार दंगालले दाङको घोराहीमा डिर्पाटमेन्ट स्टोर स्थापन गरि सेवा प्रदान गर्ने जानकारी दिए ।
दंगालका अनुसार त्यसका लागि प्रालिले तयारी थालेको छ । स्थानिय उत्पादनलाई प्राथामिकतामा राख्ने उद्देश्य रहेको दंगालको भनाई छ । स्थानिय उत्पादनलाई बजारीकरण गरी यहाँको आर्थिक संबृद्धिको बिकासका लागि सेवा दिन थालिएको हो । तीन महिना भित्रमा दाङमा सेवा बिस्तार गर्ने आफ्नो लक्ष्य रहेको भन्दै उनले त्यसका लागि स्थानिय ब्यापारिहरुसंग पनि छलफल गरिरहेको बताए ।
आईबोस ग्लोबल मार्केटिङको प्रालिले देशका १५ भन्दा बढि जिल्लामा सेवा प्रदान गरिरहेको छ । स्वदेशी उत्पादनको बजारीकरणका साथै मानब स्वास्थ्यमा सचेतना दिन पनि प्रालिले भुमिका निर्बाह गरिरहेको छ । स्वास्थ्य नै धन भएकाले मानिश स्वस्थ रहन रहन बारेमा प्रशिक्षण दिने कार्य भईरहेको पनि दंगालले बताए । आईबोसको सेवा बिस्तार संगै स्थानिय उत्पादनमा बृद्धि हुने उनले अपेक्षा पनि गरेका छन् ।
कार्यक्रममा उपस्थितले दाङमा सेवा बिस्तार हुनु दंगालिका लागि खुसिको कुरा भएको बताएका थिए । साथै यसलाई दंगालीको पुर्ण साथ, समर्थन रहन आबश्यक भएको बताएका थिए ।
