16425927_586120611586124_6103601432259834641_nतुलसीपुर २४ माघ ।  तुलसीपुर ३ श्रींगैमा रहेको वहिरा छात्रावास व्यवस्थापनका लागि साँसद अनारकली मियाँले दुई लाख वरावरको खाद्यन्न सहित न्यानो कपडा वितरण गरेकी हुन ।

निर्वाचन क्षेत्र विकास कोषको वजेटवाट सांसद अनारकलि मियाँले शनिवार भएको एक कार्यक्रममा २७ क्वीन्टल चामल, ११ क्वीनटल दाल ५० लिटर तेल , ६५जनालाई न्यानो कपडा ,प्रत्येक वालवालिकाहरुलाई एक दर्जन नुहाउने सावुन , एकदर्जन लुगा धुने सावुन मञ्जन व्रस वितरण गरेकी हुन् ।

राप्ती वहिरा संघका अध्यक्ष अजयकुमार शर्माको अध्यक्षता एवं साँसद अनारकली मियाँको प्रमुख आतिथ्यतामा भएको खाद्यन्न तथा न्यानो कपाडा वितरण कार्यक्रममा नेपाली काँग्रेस दाङका सदस्य शुरेन्द्रवहादुर खडका, नेकपा माओवादी क्रान्तिकारीका ईश्वरी प्रशाद गैरे, डाक्टर घनश्याम डाँगी, तुलसीपुर नगरपालिकाका समाज कल्याण अधिकृत टोपवहादुर डँगी, राष्टिय लोकतान्त्रिक अपाङ्ग संघका जिल्ला अध्यक्ष खुमवहादुर वली, नगरस्तरीय अपाङ्ग समन्वय समितिका अध्यक्ष दोलख खत्री, अपाङ्गता सेवाकेन्द्र दाङका अध्यक्ष तिलसरा पुन ,महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष शुस्मा गिरी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

राप्ती वहिरा संघकी कार्यक्रम निर्देशक प्रतिमा शर्माले स्वागत गरेको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक देवा डाँगीले गरेकी थिइन । सो अवसरमा ए डि लिस फाउण्डेशन फिन्लयाण्डको सहयोगमा वहिरा महिलाहरुका लागि १५दिने गुडिया निर्माण तालिम उद्धघाटन गरिएको थियो

तलिममा १५ जना सहभागि हुने गुडिया वनाउने तालिमको प्रशिक्षकमा तिलसरा पुन रहेको जनाईएको छ ।