भरतराज शर्मा/ तुलसीपुर २४ माघ । तुलसीपुरमा सञ्चालित मध्यपश्चिम क्षेत्रस्तरीय व्यापार पर्यटन तथा औधोगिक कृषि मेलामा १सय ६४किसान पुरस्कृत हुने जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।
प्रदर्शनीमा ल्याईएका ४सय ३१कृषि उपज मध्य प्रथम द्धितिय , तृतिय र सान्त्वना स्थान हासिल गर्ने १सय ६४किसानहरुलाई सोमवार आज पुरस्कृत गरिने कार्यालयका कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिए । कृषि प्रदर्शनीमा ल्याईएका कृषि उपजहरुलाई विभिन्न दस क्षेत्रमा विभाजन गरि कृषिउपजको मापन गरिएको कृषि प्रसार अधिकृत पोख्रेलले वताए ।कृषि उपज उत्पादनमा प्रथम हुने किसानलाई एकहजार द्धितिय हुनेलाई ७सय , तृतिय हुनेलाई ५सय र सान्त्वना हुनेलाई ३सय नगद सहित प्रमाण पत्रले सम्मान गरिने जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ ।
१०समुहका प्रथम, द्धितिय,र तृतिय गरि ३०जना र मह महोत्सवका प्रथम दितिय तृतिय ६जना गरी ३६जना र सान्त्वनामा १सय २८जना किसानहरु सहित १सय ६४जना किसानहरु पुरस्कृत हुने कृषि प्रसार अधिकृत भरतमणि पोख्रेलले जानकारी दिए ।
महोत्सव मुलआयोजक समितिले समय दिए प्रथम द्धितिय ,तृतियलार्य कार्यक्रम स्थलवाटै पुरस्कार वितरण गरिने र सान्त्वना उपाधि प्राप्त गर्ने किसानहरुलाई कृषि स्टलवाटै पुरस्कृत गरिने कार्यक्रम रहेको कृषि विकास कार्यालय दाङले जनाएको छ ।
पोख्रेलका अनुसार कृषि प्रदर्शनिमा ल्याईएका कृषिउपज मध्य प्रथम स्थान हासिल गर्ने किसानहरुमा तुलसीपुर ४को गंगामाला च्याउ उद्योग च्याउ खेतिमा ,तुलसीपुर २का जागेश्वर भण्डारी केरा खेतिमा लहरे तरकारीमा सिसनिया ७का लिलाधर चौधरी ,खाद्यन्न वालिमा पववन नगर ७भमकेका देवीराम खत्री,तेलहन वालीमा सौडियारका रमेश चौधरी ,माछा तथा हाँस पालनमा तुलसीपुर १३का गोपिलाल चौधरी तुलसीपुर २का दामोदर केसी जरे तथा फल तराकारीमा त्रिपुर ५का सेवक राज आचार्य हरियो सागमा विजौरी ८का विर वहादुर पुन ,मसाला वामिलमा सिसनिया ४का हरिदत्त चौधरी प्रथम भएको जिल्ला कृषि विकास कार्यालय दाङले जनाएको छ
त्यस्तै मह तर्फ काभ्रे ४का डाँस वहादुर डाँगी र वि कन्सर्न तुलसीपुर ८ प्रथम भएको कृषि प्रसार अधिकृत पोख्रेलले जानकारी दिए ।
जिल्ला कृषि विकास कार्यालय दाङले मध्यपश्चिम महोत्सवमा कृषि उपज प्रदर्शनमा ल्याउने किसानहरु सवैलाई धन्यावाद दिदै सोमवार पुरस्कार वितरण कार्यक्रममा पनि सरिक भैदिन किसानहरुलाई अपिल गरेको छ ।
आईतावर नै समापन गर्ने भनिएको महोत्सवमा दोश्रोदिन वर्षाका कारण मेला विथोलिएपछि आयोजकले एक दिन समय थपेको छ यद्यपी आयोजकले दर्शकको मागलाई मध्यनजर गर्दै समय थपिएको वताएपनि महोत्स्वमा व्यापारका लागि स्टल वुकगर्नेहरुको दवावकाकारण महोत्स्वको समय थपभएको तुलसीपुर वासीको अनुमान छ । राप्ती समाचार
