तुलसीपुर २४ माघ । महिलाहरुको महिनावारीको स्वच्छता र व्यवस्थापन गर्न दाङमा बहस थालिएको छ । मध्य तथा सुदुर पश्चिमका सरोकारवाला निकायहरु बीच यसको बहस सुरु गरिएको हो ।
विद्यालयमा महिनावारी स्वच्छता, व्यवस्थापन, तथा नीति निर्माणका लागि दुइदिने कार्यशाला गोष्ठीको आयोजना गरि यस विषण्मा छलफल थालिएको हो । मध्य तथा सुदुर पश्चिममा रहेका स्वास्थ्य खानेपान्री, शिक्षा, महिला, वालवालीका संग काम गर्ने सरकारी तथा गैर सरकारी कार्यालयका जिम्मेवार पदाधिकार्रीहरुको सहभागितामा महिनावारीको स्वच्छता व्यवस्थापन तथा वर्तमान नीतिको वारेमा छलफल सुरु भएको हो । विद्यालय र समुदाय स्तरमा महिनावालरीको सचेतना र व्यस्थापन गरिरहेका स्वीस रेडक्रस, ह्वाबीट्यास, तथा टिडिएचको आयोजना र खानेपानी सरसफाई स्वच्छता क्षेत्रीय समन्वय समितिको सहभागितामा दाङको तुलसीपुरका कार्यशालाको आयोजना गरि दुइ दिन सम्ममा यसको छलफल सुरु गरिएको हो ।
आयोजक संस्था अन्तरगत नेपाल रेडक्रस सोसाइटी सिइएचपी नेपालगञ्जका प्रमुख राजकुमार क्षेत्रीले महिनावारी स्वच्छता व्यवस्थापन र वर्तमान नीतिको वारेमा साझा बुझाई गरि यसमा रहेको चुनौतीहरुलाई पहिचान गरि नीतिगत रुपमा समाधान गर्न योगदान दिने कार्यक्रमको उदेश्य रहेको जानकारी दिए । उनले यो कार्यक्रमले सबै निकायबीचको समन्यव हुने र राष्ट्रिय योजना निर्माणमा योगदान पुग्ने वताए ।
छलफलमा नेपाल सरकार शिक्षा मन्त्रालयका उपसचिव, क्षेत्रीय निर्देशक, जिल्ला शिक्षा अधिकारीहरु, खानेपानी तथा सरसफाईका क्षेत्रीय निर्देशक, डिभिजन कार्यालयका प्रमुखहरु, क्षेत्रीय स्वास्थ्य निर्देशनालयका क्षेत्रीय निर्देशक, जिल्ला जन स्वास्थ्य र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु, महिला तथा वालवालिका कार्यालयका प्रमुख, विद्यालयका शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महिनावारी र छाउपडी पर्था , स्वास्थ्य, खानेपानी तथा सरसफाई सम्बन्धी काम गर्ने गैर सरकारी संस्थाहरुका प्रतिनीधिको सहभागिता रहेको छ । कार्यक्रममा सहभागिहरुले यो विषयलाई विद्यालयको पाठ्यक्रममै समावेस गर्न सके विद्यालय स्तरमा यसको व्यवस्थापन सहज हुने त्यसले समुदायमा समेत प्रभाव पार्ने वताएका थिए । उनीहरुले महिनावारीको समस्या धर्म, परम्परा र संस्कृति संग जोडिएको भन्दै आफैबाट सचेत भएर सहजीकरणमा लाग्नु पर्ने वताए ।
मध्यपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीको अध्यक्षता तथा खानेपानी सरसरफाई समन्वय तथा सुरपरिवेक्षण कार्यालयका क्षेत्रिय प्रमुख चन्द्र बहादुर केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव डा धु्रवराज रेग्मी, पाठ्यक्रम विकास केन्द्रका उप निर्देशक बाबुराम गौतम लगायतकाले वोलेका थिए । कार्यक्रमको सहजीरकण राजकुमार क्षेत्रीले गरेका थिए । कार्यक्रममा विभिन्न निकायहरुले आफुले यो विषयमा गरेको कामको वारेमा जानकारी गराएका थिए ।
विद्यालयको निरिक्षण
दुइ दिने कार्यशालामा रहेको टोलीहरुले कार्याशालाको पहिलो दिन दाङका दुइ विद्यालयको निरिक्षण गरेको छ । सरसफाई तथा महिनावारीको कुसल ब्यवस्थापन गरेका जिल्लाका अम्बेश्वरी मावि फुलवारी अम्वापुर र अमर मावि उरहरीको निरिक्षण गरिएको हो । निरिक्षणको क्रममा विद्यालयको प्रयासको वारेमा प्रसासा समेत गरिएको थियो । भने सुरधारका लागि सुझवा समेत दिइएको थियो । निरीक्षणमा सहभागिहरुले विद्यालयहरु नमुनाको रुपमा रहेको वताएका थिए ।
राप्ती समाचार
