deo dang

दिपक बोहरा, तुलसीपुर २४ माघ ।  दाङका ६७ विद्यालयहरुमा चालु आर्थिक वर्षमा पुर्वाधार निमार्ण हुने भएको छ । चालु बिद्यालय भौतिक सुबिधा बिस्तार कार्यक्रम अन्तरगत योजना छनोट भएका हुन । विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गत जिल्ला शिक्षा कार्यालय मार्फत संचालन हुने उक्त कार्यक्रममा २ कोठे नयाँ कक्षा कोठा, ४ कोठे भवन सहित फर्निचर निर्माण, वास सहितका शौचलय र विद्यालय भवन मर्मत संभारका लागि ६७ बिद्यालय छनौटमा परेको जिल्ला शिक्षा कार्यालय दाङले जानकारी दिएको छ ।

दाङका शिक्षा अधिकारी मैनालीलका अनुसार दुई कोठे नयाँ भवनका लागि ५१, चारकोठे भवनका लागि ४ वटा, वास सुबिधा भएको शौचालय निर्माणका लागि ५ वटा, बिद्यालय मर्मत तथा सम्भारका लागि ७ वटा बिद्यालय छनौट भएका छन् । उक्त कार्यक्रमका लागि चालु आर्थिक बर्षमा दाङमा १४ करोड ३८ लाख ७५ हजार बजेट बिनियोजन भएको शिक्षा अधिकारी मैनालीले जानकारी दिए ।

दुई कोठे नयाँ भवन निर्माणका लागि १६ लाख रुपैयाँका दरले ५१ बिद्यालयलाई ८ करोड १६ लाख बजेट बिनियोजन भएको शिक्षा अधिकारी मैनालीले जानकारी दिए । मैनालीले राप्ती समाचारलाई दिएको जानकारी अनुसार ४ कोठे भवन निर्माणका लागि ४ वटा बिद्यालयलाई १८ लाखका दरले ७२ लाख, वास सुबिधा भएको शौचालय निर्माणका लागि ५ वटा बिद्यालयलाई ६ लाखका दरले ३० लाख तथा बिद्यालय मर्मत तथा सम्भारका लागि तीन लाख ७५ हजार बजेट बिनियोजन भएको छ ।

त्यस्तै गत बर्ष ४ कोठे बिद्यालय भवन निर्माणका लागि छनौट भएका बिद्यालयलाई यस बर्ष १४ लाखका दरले बजेट बिनियोजन गरिएको छ । गत बर्ष ४ कोठे भवन निर्माणका लागि छनौट ८ वटा बिद्यालयलाई पुर्णता दिन एक करोड १२ लाख क्रमागत बजेट बिनियोजन भएको शिक्षा अधिकारी मैनालीले बताए ।

त्यस्तै गत बर्ष ६ कोठे भवन निर्माणका लागि छनौट भएका ५ वटा बिद्यालयलाई पुर्णता दिन यस बर्ष एक करोड ५० लाख क्रमागत बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै ८ कोठे भवन निर्माणका लागि छनौट भएका दाङका ५ वटा बिद्यालयलाई एक करोड ८० लाख बजेट बिनियोजन भएको शिक्षा अधिकारी मैनालीले जानकारी दिए । मैनालीका अनुसार बिद्यालय भुकम्पीय सुरक्षा कार्यक्रमका लागि ७५ लाख बजेट बिनियोजन भएको छ ।

बिद्यालय भौतिक सुबिधा बिस्तार कार्यक्रमका छनौट भएका तीन बिद्यालय बाहेक अन्य सबै बिद्यालयले काम शुरु गरिसकेको शिक्षा अधिकारी मैनालीले बताए । उनका अनुसार शिक्षा कार्यालय र सम्बन्धि बिद्यालयका ब्यबस्थापन समिति बिच सम्झौता पछि बिद्यालयले काम शुरु गरिसकेका छन् ।

अन्य तीन बिद्यालयमा भने नयाँ शिक्षा ऐन अनुसार बिद्यालय ब्यबस्थापन समिति गठन नगरेकाले काम शुरु हुन नसकेको मैनालीले बताए । माघ मसान्त सम्म ब्यबस्थापन समिति गठन गरि काम शुरु नगरे अन्य बिद्यालयलाई छनौट गरि कायक्रम दिईने मैनालीले बताए ।

दुई कोठे नयाँ कक्षा कोठा ,वास सहितका शौचलय र विद्यालय भवन मर्मत संभारका लागि छनौट भएका बिद्यालयले चालु आर्थिक बर्षको जेठ मसान्त सम्म काम पुरा गरिसक्नु पर्ने छ, भने असार १५ भित्र काम पुरा भएको प्रतिबेदश शिक्षा कार्यालयमा पेश गर्नु पर्ने छ । काम पुरा भएको प्रतिबेदन पेश भएमात्र बजेट भुक्तानि हुने शिक्षा अधिकारी मैनालीले बताए ।

गत आर्थिक बर्ष २०७२/०७३ मा दाङमा दुई कोठे नयाँ भवन निर्माणका लागि १० वटा बिद्यालय छनौट भएका थिए । जसमा प्रत्येक बिद्यालयलाई ६ लाख ७५ हजारका दरले १३ लाख ५० हजार बजेट बिनियोजन गरिएको थियो । त्यस्तै ४ कोठे भवन निर्माणका लागि ८ वटा बिद्यालय छनौट भएका थिए ।

चार कोठे भवन निर्माणका लाग १८ लाखका दरले बजेट बिनियोजन भएको थियो भने चालु आर्थिक बर्षमा क्रमागत बजेट १४ लाख बिनियोजन गरिएको शिक्षा अधिकारी मैनालीले जानकारी दिए ।

त्यस्तै १२ बिद्यालयलाई छात्रा शौचालय निर्माणका लागि ४ लाख, भुकम्पबाट सामान्य क्षेति भएका एक सय चार बिद्यालयका लागि एक लाख, भुकम्पबाट अधिक क्षति भएका ४१ बिद्यालयका लागि दुई लाख ५० हजार, १८ बिद्यालयमा तीन कोठे भवन निर्माणका लागि १९ लाख ५० हजार, ५ बिद्यालयमा ८ कोठे भवन निर्माणका लागि २४ लाख, पाँच बिद्यालयमा ६ कोठे भवन निर्माणका लागि १८ लाख , बजेट बिनियोजन गरिएको थियो । त्यस्तै ९ बिद्यालयमा कक्षा कोठा पुनस्थापन तथा फर्निचर ब्यबस्थापनका लागि ५० हजार, २८ बिद्यालयमा बाह्य बाताबरण सुधारअन्तरगत शौचालय खानेपानी ब्यबस्थापनका लागि चार लाख, ५ बिद्यालयमा बिद्यालय भुकम्पिय सुरक्षा कार्यक्रमका लागि १२ लाख, उरहरी र मानपुर स्रोत केन्द्र भवन मर्मतका लागि दुई लाख बजेट बिनियोजन गरिएको शिक्षा अधिकारी मैनालीले जानकारी दिए । राप्ती समाचार