बाँके २४ माघ । भारतबाट पेस्तोल ल्याएर काठमाडौँ पुर्याउने गिरोह नेपालगन्जमा सक्रिय रहेको खुलासा भएको छ ।

Police-gun-584e13124a8f35.02834251नेपालगन्ज ८ का सदाव पठान पेस्तोल र गोलीसहित पक्राउ परेपछि यस्तो खुलासा भएको हो । युएसए ५४ एमएमको पेस्तोल, त्यसको तीन राउन्ड गोली र एक थान म्याक्जिनसहित प्रहरीले पठानलाई पक्राउ गरेको छ ।

लागूऔषध ब्युरोको टोलीले जमुनाहबाट पठानलाई नियन्त्रयामा लिएको हो । पठानको साथमा दुई पुरिया ब्राउनसुगर पनि थियो ।
भारतको रिसियाबाट पेस्तोल र गोली बोकेर आएकाा पठानले काठमाडौ सप्लाई गर्ने खुलासा गरेका छन् ।