शरद रेग्मी
दाङ २३ माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ मा आज आईतबार रेखा थापालाई हेर्न हजारौ दर्शकको भिड लाग्यो ।

r5नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका एव निर्माता थापा आउने थाहा पाएपछि बिहानैेखि मेलामा दर्शकहरुको बाक्लो भिड थियो । चलचित्रको पर्दामा मात्र देखिने थापालाई प्रत्यक्ष हेर्न तथा उनको प्रस्तुती हेर्नका लागि आएका हजारौ दर्शकहरु रेखासंगै बाहिरिएका थिए ।

केही समय मात्र स्टेजमा वसेकी थापाले केहिवेर सवै भन्दा ठुलो नेपाल र नेपाली मात्रृभुमि भएको भन्दै देशलाई माया गर्न सवैलाई आग्रह समेत गरेकि थिईन । सो क्रममा उनले दाङकी चेलि कोमल वलीलाई स्मरण गर्दै उनी जस्तै महान नारी वन्न सवै नेपाली महिलाहरुलाई सुझएकी थिइन ।

कोमल वलिको तुलसीपुरमा म जादा खेरि बोलको एक टुक्का गित गाएकी थिइन । त्यसैगरी स्वर राम्रो नभए पनि भन्दै उनले फुलको थुङा बगेर गयो बोलको पुरानो गित निकै राम्रो गरी गाएकी थिइन ।

त्यसैगरी भोलि २४ गते सोमबार महोत्सवमा चर्चित हास्य ब्यग कलाकार राजा राजेन्द्र गायकहरु रामचन्द्र काफ्ले , जुनु रिजाल काफ्ले, कोमल वली, ऋतु कडेल, कमल गाउँले, बिकास घले, गिता रेउले, लगाएत स्थानिय कलाकारहरुको आफनो प्रस्तुति रहने छ ।

यसैविच आयोजले भोलि एक दिनका लागी महोत्सवको समय अवधि थप गरेको छ । भोलि अपरान्ह ५ बजे मात्र महोत्सवको समापन गरने भएको छ । भोलि पनी दिनभर सास्कृतिक कार्यक्रम हुने र अपरान्ह मात्र समापन गरिने तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष एव मुल आयोजक समितिका संयोजक बिमल रिजालले जानकारी दिए ।