सुर्खेत २३ माघ । नेपाल पर्यटन पत्रकार संघ सुर्खेत शाखा गठनको लागि संघले सुर्खेतकी क्रियाशिल पत्रकार सविता जिसीलाई संयोजक तोकेको छ । संघको शाखा बिस्तार अभियान अन्तरगत आज सुर्खेतको तदर्थ समिति गठन गर्न सबितालाई जिल्ला संयोजकको जिम्मेवारी दिएको हो । संयोजक तोकिएपछि संयोजकको नेतृत्वमा तदर्थ समिति गठन हुने व्यवस्था छ ।
सुर्खेत शाखाको अधिवेशन गर्न संयोजकमा पत्रकार जिसीलाई जिम्मेवारी दिइएको महासचिव केशरमान विसीले जानकारी दिनुभयो । तदर्थ समितिले जिल्ला शाखाको प्रथम अधिवेशन आयोजना गर्ने विधानतः व्यवस्था भएको संघका केन्द्रीय महासचिव तथा संगठन विभाग प्रमुख केशरमान विसीले जानकारी दिनु भयो ।
बिसीका अनुसार ३ महिना भित्र अधिवेशन गरिसक्नु पर्ने प्रावधान छ । संघको हालसम्म ७ जिल्लामा अधिवेशन भैसकेको छ भने जाजरकोटमा सुरेन्द्र सिँह, दैलेखमा चक्रबहादुर केसीलाई अधिवेशन आयोजक समितिको संयोजक यस अघि नै जिम्मेवारी दिएको छ ।
संघका अनुसार तीनै जिल्लाको अधिवेशन पत्रकार महासंघको निर्वाचन सकिए लगत्तै अधिवेशनको मिति तय हुने बताइएको छ । त्यसै गरि गुल्मी, पाल्पा, अर्खाघाँची कपिलबस्तु र रुपन्देहीमा पनि छिट्टै संयोजक तोक्ने र अधिवेशन गर्ने संघको केन्द्रीय सचिवालय बताएको छ ।
