नेविसंघले महेन्द्र बहुमुखी क्याम्पस दाङमा विनाकारण तालाबन्दी गरेको भन्दै दुई अखिलले तत्काल ताला खोल्न आग्रह गरेका छन् । एमालेनिकट अनेरास्ववियु र माओवादीकेन्द्रनिकट अखिल क्रान्तिकारीले नेविसंघलाई यस्तो आग्रह गरेका हुन् । अनेरास्ववियु क्याम्पस इकाइका कार्यवाहक अध्यक्ष संगीत अधिकारी र अखिल क्रान्तिकारीका इकाइ अध्यक्ष प्रदीप बिष्टले विज्ञप्ति जारी गरी आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।
दुई अखिलले जारी गरेको विज्ञप्ति
‘त्रिभुवन विश्वविद्यालयले फागुन १४ गते स्ववियु निर्वाचन कार्यतालिका प्रशासन गरेपछि माघ २१ गते क्रियाशील सबै विद्यार्थी संगठनहरु बसी उक्त कार्यकतालिकालाई कार्यान्वायन गर्ने सहमति भइसकेपछि पनि नेविसंघले हारको मानसिकता र फर्जी विद्यार्थी भर्ना नपाएको झोंकमा गरेको तालाबन्दी विनाशर्त खोली स्ववियू निर्वाचनमा आउन हामी सबै प्रतिष्पर्धी संगठनहरुलाई आग्रह गर्दछौं ।’ साथै निर्वाचन कार्यतालिकाअनुसार निर्वाचन कार्यक्रम अगाडि बढाउन पनि यी संगठनहरुले क्याम्पस प्रशासनसँग माग गरेका छन् ।
नेविसंघको विज्ञप्ति
यसअघि आइतवार नै क्याम्पस प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै नेविसंघले नयाँ भर्ना खोल्न माग गरेको थियो । नयाँ भर्ना नखोल्दासम्म क्याम्पसमा तालाबन्दी गरिने इकाइ सभापति शिवराज खनाल र सचिव कुलराज पोख्रेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । स्रोतका अनुसार कतिपय जिम्मेवार पदाधिकारीकै भर्ना छुटेका कारण नेविसंघले पुनः भर्नाको माग गरेको हो ।
माघ २१ मा भएको क्याम्पस प्रशासन र विद्यार्थी संगठनरुको संयुक्त निर्णय
सिस्ने अनलाइनबाट
