बिमल योगी
दाङ,२३ माघ । सामाजिक परिचालकहरुको प्रदेश नम्वर ५ स्तरिय भेला दाङको घोराहीमा हुने भएको छ । सामाजिक परिचालक हकहित संरक्षण केन्द्र दाङका अध्यक्ष बिमल योगीको अध्यक्षता तथा केन्द्रिय उपाध्यक्ष कमला चन्दको प्रमुख आतिथ्यमा भएको भेलाले घोराहीमा फागुन ३ गते भेला गर्ने निर्णय गरेको हो ।

बर्षौदेखी स्थानिय निकायको सवै भन्दा तल्लो तहमा रहेका समाज परिचालनमा काम गरिरहेका सामाजिक परिचालकलाई नयाँ बन्ने गाँउपालिका तथा नगरपालिकामा दरबन्दी सृजना गरी स्थायी गर्नुपर्ने,सामाजिक परिचालन आयोग गठन गरी सामाजिक परिचालकको समस्या समाधान गर्नुपर्ने र पेशागत हकहितको सुरक्षाका लागी प्रदेश नम्वर ५ स्तरिय भेला राखिएको हो । भेलाले प्रदेश ५ स्तरिय कमीटी गठन गर्नुका साथै आगामी दिनमा खेल्नुपर्ने भुमिका तथा रणनिति समेत तय गर्ने बताइएको छ ।

भेला सफल बनाउनका लागी जिल्ला अध्यक्ष बिमल योगीको संयोजकत्वमा मुल व्यस्थापन समिति गठन गरिएको छ । समितिको सदस्यहरुमा सहसचिव हरिप्रसाद घिमिरे,बिष्णु वस्नेत,हेमराज पौडेल,नानीमैया ओली,सिता चौधरी,लोकराज खत्री,सरस्वती खड्का,संतोषी चपाई लगायतका रहनुभएको छ ।

यस्तै हरिप्रसाद घिमिरेको संयोजकत्वमा आर्थिक संकलन उपसमिति,कमला चन्दको संयोजकत्वमा प्रचार प्रसार तथा समन्वय उपसमिति,दामबहादुर घर्तीको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति,सरला रावतको संयोजकत्वमा स्वागत सत्कार उपसमिति गठन गरिएको छ । भेलामा सम्वोधन गर्न केन्द्रका अध्यक्ष अमरिस यादव,महासचिव देविराम कुसारी,जिल्लाका राजनितिक दलका प्रतिनिधि,स्थानिय बिकास अधिकारी लगायतलाई आमन्त्रण गरिने छ ।