घोराही, २३ माघ । नेविसंघले पूर्वजानकारी बिनै बिद्यार्थी भर्ना बन्द गरिएको बिरोधमा महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । नेविसंघले आइतवार क्याम्पस प्रमुखको कार्यकक्ष,लेखा शाखा र परिक्षा शाखामा तालावन्दी गरेको हो ।
स्वतन्त्र बिद्यार्थी युनियनलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले जारी गरेको भर्ना बन्द सम्वन्धि सूचना क्याम्पस प्रशासनले सार्वजनिक नगरेको आरोप नेविसंघले लगाएकोछ ।
क्याम्पस प्रमुख बिमल सुवेदीले त्रिविबाट प्राप्त सूचना लुकाएर बिद्यार्थीको पढ्न पाउने अधिकार तथा स्ववियूमा मतदान गर्ने अधिकार कुण्ठित गरेको नेविसंघ महेन्द्र बहुमुखी क्याम्पस ईकाई सचिव कुलराज पोख्रेलले बताए ।
