दाङ, २१ माघ । बालबालिकालाई बालअधिकार नैतिक शिक्षाका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यले लक्ष्मीपुर गाविसमा रहेको मावि गोग्लीमा बालअधिकार चेतना समूह गठन गरिएको छ ।

16507233_1184073221642672_1739657743_nइन्सेकद्धारा तीन वर्षका लागि जिल्लामा सञ्चालन गरिएको इएलपी कार्यक्रम अन्गर्तत सौडियार गाविसमा रहेको माविमा जजरागाउ र लक्ष्मीपुर गाविसमा रहेको मावि झिग्नीमा चेतना समूह गठन गरिएको इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले जानकारी दिए ।

कक्षा ९ का दीपक विककोे अध्यक्षतामा गठन भएको समूहको उपाध्यक्षमा कक्षा ७ अनिता अधिकारी, सचिव कक्षा ९ कि विजया हमाल, कोषाध्यक्षमा कक्षा ८ सुदीप रिजाल र सहसचिवमा कक्षा ७ की सम्झना बुढा रहेका छन् ।

त्यसैगरी अन्य सदस्यहरुमा चन्द्रकला पोख्रेल, शर्मिला अधिकारी, उषा अधिकारी, वर्षा भण्डारी, सरस्वती विक, प्रेमनारायण खनाल रहेका छन् । समूहको संरक्षक शिक्षक विष्णु भण्डारी रहेका छन् ।

विद्यालयका शिक्षक विष्णु भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका बारेमा इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले जानकारी गराएका थिए ।