दाङ, २१ माघ । प्रगतिशील पत्रकार संघले नेपाल पत्रकार महासंघको चुनावमा तालमेल गरेर जाने निर्णय गरेको छ ।

Apj_Nepalबुटवलमा हालै सम्पन्न केन्द्रीय सदस्यहरुको बैठकले आसन्न पत्रकार महासंघका जिल्ला शाखाहरुको अधिवेशनमा अवस्था र आवश्यकतालाई दृष्टिगत गरी देशभक्त र जनतान्त्रिक शक्तिहरुसँग तालमेल गरेर जाने निर्णय गरेको हो ।

अध्यक्ष नारायण शर्माको अध्यक्षतामा वसेका महासंघको आसन्न जिल्ला अधिवेशनहरुका लागि केन्द्रीयस्तरबाटै अन्य पक्ष अथवा सञ्चार संगठनहरुसँग सहकार्य, वार्ता र छलफल गर्न अध्यक्ष नारायण शर्माको संयोजकत्वमा ३ सदस्यीय केन्द्रीय वार्ता समिति गठन पनि गरेको छ । वार्ता समितिका सदस्यमा सल्लाहकार सुमन अधिकारी र महासचिव उदय जीएम रहेका छन् ।

महासंघको चुनावमा श्रमजीवी पत्रकारहरुको हकहितका विविध पक्षहरुलाई जोडदार ढंगले उठाउने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।