अभिनेत्री केकी अधिकारी प्राय आफूलाई गाउन र पाइन्टमा भन्दा पनि सारीमा सजाउन मन पराउँछिन् ।
छोटा लुगाप्रति त केकीलाई खासै रुचि छैन । उनी आफूले छोटा लुगा लगाएर आफ्नै बेइज्जत हुने पनि बताउँछिन् ।
उनलाई धेरैले अन्य ड्रेसहरुले भन्दा सारीले नै सुहाउने बताउँछन् । त्यस कारण पनि उनको रोजाइमा सारी नै परेको बुझिन्छ ।