
काठमाडों, २१ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको निर्वाचनमा काँग्रेसले जुनसुकै समयमा पनि निर्वाचनको मिति र समय घोषणा हुन सक्ने भन्दै कार्यकर्ताहरुलाई तयारीमा लाग्न बताएका छन् ।

उनले संविधान कार्यन्यनका लागि निर्वाचन अनिवार्य भएको भन्दै त्यसका लागि छिटोभन्दा छिटो निर्वाचन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले भने,‘जुनसुकै मितिमा पनि चुनाव घोषणा हुन सक्छ तपाईंहरु तयारीमा लाग्नुस्।’ देउवाले जनताले दोस्रो संविधानसभाको निर्वाचनमा मत दिए जस्तै स्थानीय निर्वाचनमा पनि नेकालाई मत दिने विश्वास समेत व्यक्त गरे।
