pahiro-480x330

सहनियाँ २१ माघ ।  उवा गाविस वडा नम्बर ९ कम्पु रोल्पाका पहिरो पिडित परिवारलाई कतारमा रहेका नेपालीहरुले २ लाख ५३ हजार ५ सय ६८ रुपैयाँ सहयोग गरेका छन् ।

जस अनुसार ट्रान्सीड होल्डिङ कम्पनी नेपाली बजेटबाट रु २९ हजार २ सय ७०, कतारमा रहेका रोजन पुनको नेतृत्वमा रामकुमार पुनबाट ४ हजार ४ सय ७०, कुमार रोकाबाट २ हजार ९ सय ८०, खमानसिंह रानाबाट २ हजार ९ सय ८० रुपैयाँ, खमबहादुर पुनबाट १ हजार ४ सय ९०, टेकबहादुर घर्तीबाट १ हजार ४ सय ९०, जुनकुमार पुनमगरबाट १५ हजार ६ सय ७४, जालकुमार पुनमगरबाट १२ हजार ६ सय ६५ गरी कुल संकलीत २लाख ५३हजार ५सय ६८नगद राहत प्रदान गरेका थिए ।

त्यसै गरि सुर्य पुनमगरको नेतृत्वमा २० हजार २ सय ४ र विभिन्न व्यक्तिको स्वछीक सहयोग रु १६ हजार ३ सय ९०निशान पुन र गोविन्द घर्तीको नेतृत्वमा २४ हजार ९ सय ४२, सन्तोष गुरुङको नेतृत्वमा १४ हजार ७ सय २१ रामबहादुर बोहराको नेतृत्वमा ३ हजार ३९ ६० पैसा, दिलबहादुर रोका मगर र कमानसिंह मगरको नेतृत्वमा ४७ हजार ६ सय ८० दुर्गाप्रसाद पुनमगरको नेतृत्वमा १२ हजार ६९, आकाश घर्ती र अमर रोका मगरको नेतृत्वमा २० हजार ८ सय ८९, राजेश घर्ती र कुमार घर्तीमगरको नेतृत्वमा ११ हजार ८० र कुवेतमा रहेका विर्ज घर्ती र आश बहादुर रोकामगरबाट ५÷ ५ हजार रुपैयाँ र दाङ देउखुरी लालमटिया ८ नयाँबस्ती कतारी समुहबाट १० हजार २ सय ८१ रुपैयाँ नगद राहत स्वरुप संकलन गरी पिडित परिवारलाई सहयोग गरेका हुन् ।

दाङ देउखुरी लालमटिया ८ नयाँबस्ती कतारी समुहको आयोजनामा विहिवार लालमटिया ८ नयाँबस्ती मसुरियामा एक कार्यक्रमको आयोजना गरी रोल्पाका पहिरो पिडित नन्दे पुनका बुवा बुजीमन पुनमगरलाई कतारमा रहेका रोजन पुनले संकलन भएको कुल २ लाख ५३ हजार ५ सय ६८ रुपैया हस्तान्तरण गरेका थिए ।

समुहकी सचिव खुमीसरा रोकामगरको अध्यक्षता एवम् प्रवासी सहयोगदाता रोजन पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पत्रकार ओमप्रकाश गुप्ता, समाजसेवी तथा बुद्घिजिवीहरु महेन्द्र घर्तीमगर, बहादुर रोकामगर र जुनु पुनमगर लगायतका वक्ताहरुले बोलेका थिए । कार्यक्रमको सञ्चालन दलबहादुर घर्तीमगरले गरेका थिए ।

गत साउन ११ गते परेको अविरल वर्षाका कारण घरमाथीबाट खसेको पहिरोमा परि नन्दे पुनका श्रीमती मनकुमारी पुन,छोराहरु विकास पुन, निकास पुन र छोरी आशा पुनको मृत्यु भएको थियो ।