DOKO-DALOघोराही  २१ माघ ।  उपभोक्ता अधिकारमा व्यवसायीहरु जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले वताएका छन । घरेलु तथा साना उद्योग कार्यालय दाङले विहिवार घोराहीमा आयोजना गरेको उपभोक्ता सचेतना सम्बन्धी कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका व्यक्तिहरुले इमान्दारीताको व्यवसाय आजको आबस्यकता भएको बताएका  थिए

समान किन्ने र बिक्रि गर्ने व्यवसायी दुबै होसीयार हुनुपर्नेमा जोड दिदै बक्ताह?ले सरकारी अनुगमनको संयन्त्रलाई चलायमान बनाउन सुझाब समेत दिएका छन् । कार्यक्रममा आपूर्ती व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल प्रसाद धितालले उपभोक्ताहरु आफ्नो अधिकारीमा आफै सचेत हुनुपर्ने वताए ।

उपभोक्ता हित सम्बन्धी बिभिन्न नितीहरु रहेको तर त्यसको जानकारी नहुदा व्यवसायीहरु बाट ठगिने अबस्था अहिले पनि रहेको भन्दै उनले जिल्लाको अनुगमन संयन्त्रलाई चलायमान बनाउन आबस्यक भएको बताए । उपभोक्ता मञ्च नेपालका महासचिब शत्रुधन देवले उपभोक्ताहरु आफ्नो अधिकारका सचेत बन्नुपर्ने बताएका थिए  ।

ठगिनबाट बच्नका लागि उपभोक्ताहरु सचेत हुनुपर्ने र ठगिएको महशुस भए जिल्ला प्रशासनमा उजुरी दिन सकिने जानकारी दिए  ।  घेरेलुका उद्योग अधिकृत उमबहादुर वलीले जिल्लामा अनुगमन भैरहेको र उपभोक्ता एवं व्यवसायी सचेत बन्दै गएको बताए ।

कार्यक्रममा बोल्ने नागरिक समाज, मानब अधिकारीकर्मी, उपभोक्ताको अधिकारको क्षेत्रमा काम गर्ने निकायका प्रतिनिधीहरुले व्यवसायीहरु ईमान्दार भए अधिकारमा सुनिश्चित हुने बताएका थिए  अहिले सम्मका अनुगमनहरु परम्परा धान्नलाई मात्रै जस्तो देखिएको भन्दै प्रभाबकारी अनुगमन र नियमनको आबस्यक रहेको उनिहरुको भनाई छ । यसैविच महानिर्देशक धितालको नेतृत्वमा घोराहीका ३ वटा पसलमा अनुगमन गरिएको थियो ।