cricket

घोराही २१ माघ । दाङको क्रिकेट क्षेत्रको विकासका लागि विहिवार देखी घोराहीमा टि २० विद्यालय स्तरिय क्रिकेट प्रतियोगिता शुरु भएको छ । क्रिकेट संघ दाङको आयोजनामा तथा बुम रेमिटको प्रायोजनमा प्रतियोगिता भएको हो ।

संघका अध्यक्ष प्रदिप मजगैयाको अध्यक्षता एंव घोराही नगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा प्रतियोगिता उदघाटन गरिएके छ ।  प्रतियोगिता उद्घाटन गर्दै सापकोटाले प्रतियोगिताले दाङ लाई क्रिकेटको सम्भवाना वटुल्न सक्ने विश्वास व्यक्त गरेका थिए ।

खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोकाको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण किशोर चन्द्र गौतमले गरेका थिए । ‘बुम रेमिटको प्रायोजनामा शुरु भएको उक्त प्रतियोगितामा जिल्लाका ३६ ओटा विद्यालयहरु सहभागि भएका छन । भन्ने उद्घाटन सत्रको पहिलो खेल पद्मोदय मावि भरतपुर आर्दश र मावि देउपुर  देउखुरी विच भएको थियो ।

 प्रतियोगिताको प्रथम  लाई २० हजार र द्धितिय लाई १० हजार रुपैयाले पुरुस्कृत गरिने जानकारी दिए । प्रतियोगिताको प्रथम पुरुस्कार घोराहीका रमेश केसी र द्धितिय पुरुस्कार सनत गिरीले नगद प्रायोजन गरेका छन ।ग हस्तान्तरण गरेका हुन । विभीन्न गाडि धनि र चालकवाट संकलन भएको रकम परिवारलाई सहयोग गरीएको हो ।

उनिहरुको परिवारलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको कल्याणकारी सचिव श्रेष्ठले बताए । कार्यक्रमको सहजीकरण कार्यालय सचिव जितबहादुर खड्काले गरेका थिए ।