तुलसीपुर २१ पुस । तुलसीपुर जिप तथा माईक्रो मिनिवस वस व्यवसायी समिति तुलसीपुरले विहिवार एक कार्यक्रमको आयोजना गरी दुर्घटनामा मृत्यु भएका सहचालकका परिवारलाई राहत प्रदान गरेको छ ।
मंसिर २८ गते दाङवाट काठमाण्डौ जादैगरेको ना ६ ख ६३७० नम्वरको वस लमहिमा दुर्घटना हुँदा वसका सहचालक सोभाराम परियारको दुर्घटनामा मृत्यु भएको थियो । दुर्घटानमापरि मृत्यु भएका सहचालक परियारकी श्रीमति सम्झना परियारलाई समितिका अध्यक्ष पवन वुढाथोकी र कल्याणकारि सचिव निमकुमार श्रेष्ठले १६ हजार राहत सहयोग हस्तान्तरण गरेका हुन ।
विभीन्न गाडि धनि र चालकवाट संकलन भएको रकम परिवारलाई सहयोग गरीएको हो । उनिहरुको परिवारलाई थोरै भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले आर्थिक सहयोग गरेको कल्याणकारी सचिव श्रेष्ठले बताए । कार्यक्रमको सहजीकरण कार्यालय सचिव जितबहादुर खड्काले गरेका थिए ।
