काठमाडौं, २१ माघ । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले राष्ट्रिय दलको मान्यता पाउनका लागि कति मत ल्याउनुपर्ने अर्थात थ्रेसहोल्ड कति प्रतिशत राख्ने भन्ने विवाद मिलाउने प्रयास गरिरहेको छ ।

1475803621election-1यस विषयमा टुंगो लगाएर संसदको आउँदो बैठकमा पेश गर्ने तयारी भैरहेको समिति अन्तर्गतको उपसमितिका सदस्य रामेश्वर फुयाँलले जानकारी दिए ।

ठूला तीन दल कांग्रेस, माओवादी र माओवादी केन्द्र समानुपातिकतर्फ ३ प्रतिशत थ्रेसहोल्ड राख्नुपर्नेमा सहमत भएपनि साना दलले विरोध गरिरहेका छन् ।
जसका कारण संसदको बिहीबारको बैठकमा थ्रेसहोल्ड सम्बन्धि विधेयक पेश हुन सकेन ।