माधव बेल्वासे
संसदिय लेखा समितिका संयोजक तथा नेकपा माओवादि केन्द्रका सासद डोर प्रसाद उपाध्यायलाई कपिलवस्तुका विभिन्न ठाउमा स्वागत तथा सम्मान गरिएको छ । लेखा समिति संयोजक निर्वाचित भए संगै पहिलो पटक जिल्ला भ्रमणमा रहनु भएका संयोजक उपाध्ययालाइ नेकपा माओवादि केन्द्र शिवराज नगर कमिटिले स्वगत गर्दै पश्चिमि क्षेत्रलाई प्राथकितामा राख्नुपर्ने वताएका छन । नगर,वडा र गाउमा क्रियशिल भई सङगठन विस्तारमा सवै लाग्नुपर्ने संयोेजक उपाध्यले भनाई थियो ।
त्यस्तै जिल्लाको पश्चिमि क्षेत्रको अनुगमन गरि नगरको हल्लानगरमा भएको स्वागत कार्यक्रममा वोल्दै उपाध्यले यस क्षेत्रमा रहेको समस्याहरुको समाधनमा आफुले ुसक्दौ सहयोग गर्नुे प्रतिवद्धता व्यक्त गरे ।जिल्लाका सम्पुर्ण सेवाप्रदायक सरकारी तथा गैर सरकारी कार्यालयलाई पारदर्शिताका साथ कार्य संचालन गरी जनमुखि प्रशासक भई कार्य गर्न संयोजक उपाध्यायले सुझाव दिनु भएको छ ।
व्यापार संघ कपिलवस्तुले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा संयोजक उपाध्यले विकासमा पछि परेको कपिलवस्तु र त्यसमा पनि अझ जिल्लाका पश्चिमी क्षेत्र आफनो प्राथमिकतामा रहेको र उक्त क्षेत्रका विकासमा सक्दो प्रयाश गर्र्ने उहाले बताउनुभयो । पर्यटकिय सम्भावना बोकेको शिवगढी र सोनवागढको सरंक्षण र विकासका लागी ब्यापार संघले ठोस योजना निर्माण गरी अघि बढे आफुले आफनो तर्फबाट योजना सफल बनाउन सगै सहकार्य गर्ने संयोजकले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा ब्यापार संघका अध्यक्ष माहादेव पोख्रेलले नवनिर्वाचित लेखा समिति संयोजक डोर प्रसाद उपाध्यायलाई निर्वाचित भएकोमा हार्दिक बधाई ज्ञापन गदै सफल कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो । साथै उहाले ब्यापार संघ परिवारको तर्फबाट मायाँको चिनो प्रदान गर्नु भएको थियो ।
