इन्द्रेणी संवाददाता
दाङ २१ माघ । स्काई सु सेन्टर न्युरोड घोराहीले पाँच दिने जुत्ता प्रदर्शनी चलाएको छ । माघ २१ गते सकिने सो प्रदर्शनीमा २५ प्रतिशत सम्म जुत्ता चप्पलमा छुट दिएको सञ्चालक छविनारायण गिरीले जानकारी दिनुभयो ।

100_6055सञ्चालक गिरीका अनुसार दैनिक ग्राहकको चाप बढिरहेको छ । अनुमान गरेभन्दा धेरै ग्राहकले जुत्ता किनेको जानकारी दिनुभयो । पहिलो दिन १७ गते हुन्छ कि हुन्न भन्नै थियो । तेस्रो दिन पुग्दा सोचे भन्दा कैयौ गुणा ग्राहक आए । धेरैले खुशि भएर जुत्ता किने केहिले फिजेर राखेका जुत्ताहरुका ब्राण्ड हेरे ।

‘ जुत्ताको सिजन भएर होला सोचे भन्दा धेरै ग्राहक आउनुभएको छ ।’ सञ्चालक गिरीले भन्नुभयो, ‘दिउसो तिर हेर्न आउनुहोला काम गर्नै नसकिने भिड हुन्छ ।’ उहाका अनुसार जुत्ताहरु ज्तन गर्न र ग्राहकले खोजेको जुत्ता दिन हम्मे हम्मे पर्छ ।

100_6057कम्पनीहरुले प्रदर्शनि चलाउन दवाव दिदा खास्सै जागर नचलेको गिरीको भनाई थियो । शुरुवाकत गरेर हेरौ भनेर थालेकागिरी अहिले दंग पर्नुभएको छ । छुटले धेरैलाई लाभ दिएको र पसलमा पनि उपलब्धी भएको गिरीको भनाई छ । आगामि बर्षमा पनि छुटका कार्यक्रम ल्याउने उत्साह दिएको गिरीले बताउनुभयो । अझै दुईदिन बाकि रहेकाले लाभ उठाउन ग्राहकहरुमा आग्रह गर्नुभयो ।

100_6061उहाका अनुसार नेपाली कम्पनीका सबै ब्राण्डका जुत्ता राखिएको छ । ब्राण्डअनुसा छुटको व्यवस्था छ । मोडेलअनुसार फरक फरक मुल्य र छुटको व्यवस्था छ । महिला पुरुष, बालबालिका सबैले लगाउन मिल्ने जुत्ता छन् । महंगा वा कम मुल्यका जुत्ता पनि राखिएको छ । एक्सस्टेप सबै भन्दा पच्छिल्लो ब्राण्डको जुत्ता पनि राखिएको छ ।

चारहजार आठ सय देखि सातहजार पाच सय मुल्य बराबर पर्ने सो जुत्ता धेरै विक्री हुने गरेको गिरीले जानकारी दिनुभयो । व्ल्याक हर्ष, रोयल, गोल्ड स्टार लगाएत विभिन्न कम्पनीका जुत्ता छन् । रकेकट जुत्ता केहिदिन भित्रै आउदै छ । गत १७ देखि पसल अगाडि टेन्ट राखेर प्रदर्शनि चलिरहेको छ ।