दाङ ।नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिको वडा नं. १२ को वडा सम्मेलन हापुरमा सम्पन्न भएको छ । सम्मेलनले राजु परियारको अध्यक्षतामा नयाँ कमिटी गठन गरेको छ । जसको उपाध्यक्षतमा राजेन्द्र बुढा,सचिव मनप्रसाद चौधरी,सह सचिव अर्जुन परियार र कोषाध्यक्ष निहारीका पुन रहनु भएको छ ।
कमिटिको सदस्यहरुका जीतबहादुर विक,मानबहादुर घर्घी,रणबहादुर बुढा,शमशेर विष्ट,हरि घतीर्,रामबहादुर सार्की, दीघराज न्यौपाने, हस्ताकुमारी बुढा, अनिता विक,गिता वुढा, मानबहादुर बस्नेत, झग्गु प्रसाद पौडेल, रहनु भएको छ । यस्तै बैकल्पिक सदस्यहरुका लालसरी विक,बशन्ती विक,ज्योती सुनार,अनिल नेपाली, गौरी दाहाल,विष्णु थापा,मानबहादुर चौधरी, रहनु भएको छ ।
सम्मेलनलाई नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य नारायणी शर्मा, केन्द्रिय सदस्य राजन ओली,प्रमोद शर्मा, मावि हापुर विजौरीका पूर्व प्रअ माधव न्यौपाने लगायतले बोल्नु भएको थियो ।कार्यक्रमको सञ्चालन जीतबहादुर विकले गर्नु भएको थियो ।
गढवा गाउँपालिकाको अध्यक्षमा तिलक
यस्तै नेकपा माओवादी केन्द्र गढवा गाउँपालिकाको वडा सम्मेलन गढवामा सम्पन्न भएको छ । सम्मेलनले तिलक घिमिरेको अध्यक्षता ३७ सदस्य नयाँ कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा तुलसीराम अधिकारी,सचिव बिष्णु चौधरी,सह सचिव शोभा रावत कोषाध्यक्ष सहवीर विक रहनु भएको छ ।
सम्मेलनलाई नेकपा माओवादी केन्द्रका गढवा गाउँपालीका ईन्चार्ज लुमाकान्त न्यौपाने सागर,गाउ पालिकाका संयोजक भक्तु चौधरी लगायतले सम्बोधन गर्नुभएको थियो । बैकल्पिक सदस्यमा १२ जना सदस्यहरु रहेका छन् । कार्यक्रमको सञ्चालन तिलक घिमिरेले गर्नु भएको थियो ।
