तुलसीपुर, २० माघ । महिला हिसा न्युनिकरण नभए सम्म गाउ समाजको विकास हुन नसक्ने सरोकारवालाले बताएका छन् । तुलसीपुर १८ हेमनगरमा आज देखि सुरु भएको महिला हिसां सम्बन्धी शसक्तिकरण तालिम उद्घाटन कार्यक्रममा उनीहरुले मानव निर्मित विभेद भएकाले यस्को अन्त्य गर्न जरुरी रहेको बताए ।

mahilaaaaaa-960x640वडा सचिब शुसिला शाहको अध्यक्षता तथा पुर्व गाविस अध्यक्ष टेकबहादुर केसीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन कार्यक्रममा आर्थिक बर्ष ०७३।०७४ को महिला लक्षित कार्यक्रम अन्र्तगत महिला हिसांका बारेमा तालिम दिन लागिएको हो ।

यसैविच सोहि कार्यक्रममा वडा कार्यालयले तुलसीपुर नगरपालिाका वित्तिय अधिकृत ललित बहादुर घर्ति लाई सम्मान गरेको छ । घर्तिले राजस्व संकलनमा चुस्त दुरुस्त रुपमा काम गरेको भन्दै सम्मान गरीएको सचिब शाहले बताए ।