शरद रेग्मी
दाङ २० माघ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रीय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ मा आज सवैभन्दा धेरै दर्शकहरुले अवलोकन गरेका छन । आज विहीवार महोत्सवमा नेपालका चर्चित गाएक , गायिका एव हास्य ब्यग कलाकार आएका कारण सवैभन्दा धेरै दर्शक आएका हुन ।

16508300_1454602394574173_1859590284325146290_nबिहानैदेखि महोत्सवमा आउने मानिसहरुको घुईचो रहेको थियो । जसका कारण तुलसीपुर बजार क्षेत्रको समेत यातायात सेवा केहि समय अस्त ब्यस्त बनेको थियो । जसलाई लक्षित गरेर आयोजकले बिहानै देखि सुरक्षा ब्यवस्था समेत कडा बनाएको थियो । महोत्सव स्थलमा प्रवेशका लागी समेत महोत्सव स्थलका तिन तिरका द्धार समेत खोलिएको थियो ।

आयोजकले दिउसो देखि भने महोत्सव स्थल भरि भराउ भएका कारण प्रवेशमा रोक लगाएको  आयोजक तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिमल रिजालले जानकारी दिए ।

रिजालका अनुसार आज महोत्सवमा करिव ४० हजार दर्शले अवलोकन गरेका छन । महोत्सवमा आज चर्चित कलाकारहरुले आफनो प्रस्तुति राखेका छन । नेपाली सुगम संगितका चर्चित गाएक शिव परियारले महोत्सवमा दगालि युवा युवतिहरुलाई करिव एक घण्टा नचाएका थिए ।

नेपाली सांगितिक क्षेत्रमा युवा युवति माझ लोकप्रिय गाएकका रुपमा आफनो स्थान वनाएका परियारिले पिउदिन भन्दा भन्दै पिलायो साथीले बोलको गीत गाउदा केही बेर महोत्सव स्थल गुञ्जायमान वनेको थियो ।