शंकर के सी
सल्यान, २० माघ । कार्यसमपादनमा आधारित प्रोत्साहन भत्ता नपाएको भन्दै सल्यानमा पनि गाविस सचिवहरुले कार्यालयको कामकाज ठप्प पारेका छन् ।
गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल, जिल्ला कार्यसमिती सल्यानले संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय, सामान्य प्रशाशन मन्त्रालय र राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणमा विभिन्न ४ बुदे माग राख्दै ध्यानाकर्षण पत्र पेश गरेको छ भने सल्यानका सबै गाविसका कामकाज ठप्प पारिएको समितीका सल्यान अध्यक्ष गोपाल केसीले जनाए ।
उनका अनुसार विगत १५ वर्ष देखि हुन नसकेको स्थानीय तहमा जनप्रतिनिधी वहालिका लागी स्थानीय तहको चुनाव हुनुपर्ने, सचिवहरुलाइ सरकारबाट गत वर्ष स्वीकृत भएको प्रोत्साहन भत्ता तुरुन्त उपलव्ध गराउनुपर्ने माग गाविस सचिवहरुको रहेको छ ।
