kirte-lalpurja

तुलसीपुर २० माघ  । भुमि माथि महिलाहरुलाई अधिकार दिन अभियान सञ्चालन गरिने भएको छ । समाजमा बातबरणीय शिक्षाको बिकास सीड संस्था र एक्सन एडको सहयोगमा दाङका पाँच वटा गाबिसका अभियान सञ्चालन हुने भएको छ । अभियानका क्रममा पाँच गाबिसका ५५ जोडीको संयुक्त लालपुर्जा बनाईने छ ।

सीडका कार्यक्रम प्रमुख गद्दुलाल चौधरीका अनुसार अभियानका क्रममा मानपुरका दश जोडी, गोल्टाकुरीका दश जोडी , फुलबारीका पाँच जोडी, उरहरीका १५ जोडी , ढिकपुरका १५ जोडीको संयुक्त लालपुर्जा बनाईने छ । सोही गाबिसका सचिबहरुले पनि संयुक्त लालपुर्जा बनाउने प्रतिबद्धता जनाएका छन् ।

बुधबार पाँच गाबिसका सचिबहरु, अधिकारर्कीसंग भुमी माथि संयुक्त लालपुर्जा अभियान कसरी सफल बनाउन सकिन्छ भन्ने बिषयमा भएको एक दिने अन्तरक्रियामा गाबिस सचिबहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । सीडको आयोजनामा गाबिस स्तरिय स्थानिय महिला अधिकार कार्यक्रम अन्तरगत उक्त अभियान सञ्चालन हुने छ ।

अन्तरक्रियामा गाबिस सचिब तथा अधिकारकर्मीहरुले महिलालाई अधिकार दिलाउन भुमि माथि अधिकार हुनुपर्ने बताएका थिए । अभियानले महिला माथि भुमिको अधिकार सुनिश्चित बनाउन मद्धत पुग्ने उनीहरुको भनाई थियो । महिलामाथि हुने बिभिन्न प्रकारका हिंसा अन्त्य गर्न भुमिमा महिलाहरुको स्वामित्व हुनुपर्ने उनको भनाई थियो । महिलाहरुले आफ्नो सम्पति हुँदा हुँदै पनि उपभोग गर्न नपाउने समस्या अन्त्यका लागि अभियानले महत्वपुर्ण भुमिका खेल्ने उनीहरुले बताए ।

सीडका कोषाध्यक्ष राममोती चौधरीको अध्यक्षता तथा ढिकपुर गाबिस सचिब मधुसुदन बस्नेतको प्रमुख आतिथ्य एबं मानपुर गाबिस सचिब गेहराज पौडेल, फुलबारी गाबिस सचिब थानेश्वर न्यौपाने , उरहरी गाबिस सचिब शुसिला शाहको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रम अधिकृत अनिता पोखरेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कार्यक्रम प्रमुख गद्दुलाल चौधरीले कार्यक्रमको औचित्य र प्रस्तुुतिमा प्रकाश पारेका थिए ।