खिम्ती, २० माघ । खिम्ती ढल्केबर २२० केभी प्रसारण लाइन औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीवार रामेछापस्थित खिम्ती सवस्टेशनमा आयोजित एक कार्यक्रमबीच  औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।

pm ndउद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले  विद्युतीकरण नै नेपालको आर्थिक तथा सामाजिक क्रान्तिको आधार भएको भन्दै विकास निर्माणका आयोजनाहरुले नीतिगत स्वार्थका कारण गति लिन नसकेको बताए ।

कार्यक्रममा उर्जामन्त्री जर्नादन शर्माले उक्त प्रसारण लाइनले नेपालका अलगथलग रहका विद्युत  आयोजनालाई एकीकृत रुपमा प्रसारण गर्न सघाउ पुग्ने बताए । ‘अब राष्ट्रिय गौरवका सबै जसो जलविद्युत आयोजना सम्बन्धित प्रदेशका जनताको लगानीमा बनाइने छ,’ उनले भने ।

२ सय २० केभीको यो नै पहिलो प्रसारण लाइन हो । यस अघिसम्म ११, ३३, ६६ र १ सय ३२ केभीको मात्र प्रसारण लाइन सञ्चालनमा रहेका थिए ।

डबल सर्किटको यो प्रसारण लाइन भएर भारतबाट ल्याइएको विद्युत मध्ये २० मेगावाट केही साता अगाडिदेखि काठमाडौं ल्याइएको छ । यस बाहेक ४ सय केभी र ७ सय ६२ केभीको प्रशारण लाइनको काम पनि अघि बढिसकेको छ ।