तुलसीपुुर २० माघ । २५औ जिल्ला परिषदको तयारीका लागि तुलसीपुरमा इलाका स्तरिय योजना छनोट गोष्ठी गरिएको छ । वुधवार तुलसीपुरमा जिल्ला विकास समिति अन्र्तगत १२ नम्वर ईलाका स्तरीय योजना तर्जुमा गोष्ठी गरिएको हो ।
गोष्ठीले भौतिक पुर्वाधारका ८८ योजना र लक्षित वर्ग विकास कार्याक्रमका २० योजना गरी जम्मा १ सय ८ योजना पास गरेको छ । गोष्ठीले पास गरेका योजना ईलाका नम्वर १२ मा पर्ने तुलसीपुर नगरपालिका र विजौरी गाविसमा आर्थिक वर्ष ०७४÷०७५मा सञ्चालनमा आउने छन ।
नगर तथा गाविसका वडा परिषदले पास गरेका योजनालाई नगरपरिषदले पासगरि इलाकास्तरीय गोष्ठीले तर्जुमागरेका योजनाहरुलाई जिल्ला परिषदवाट पास भएपछि योजना कार्यान्वयन हुने छन ।
तुलसीपुर नगरपालीकाका निमित्त कार्यालय प्रमुख ललित वहादुर घर्तिको अध्यक्षतामा भएको योजना तर्जुमा गोष्ठीमा जिल्ला विकास समिति दाङका योजना अनुगमन अधिकृत वासुदेव आचार्यले योजना छनोटको प्रकृया र सञ्चालनको कार्य वीधिवारे जानकारी गराएका थिए ।
तुलसीपुर नगरपालीका र विजौरी गाविसका वोर्ड प्रतिनिधि ,वडानागरीक मञ्चका प्रतिनिधि महिला सञ्जालका प्रतिनिधिको सहभागिता रहेको योजना तर्जुमा गोष्ठीमा जिल्ला विकास समिति दाङका कर्मचारी मुक्तिराम सुवेदीले स्वागत गरेको कार्यक्रमको सहजीकरण किरण पोख्रेलले गरेका थिए ।
