दाङ, २० माघ । विश्वकै ठूलो त्रिशुल भएको धारपानीमा यसवर्ष पनि भव्यरुपमा मेला एवं महा शिवरात्री विशेष सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
तस्वीर : उदय बीसी
गाविस स्तरीय युवा सञ्जाल धर्ना दाङको आयोजनामा हुन लागि रहेको सांस्कृतिक कार्यक्रममा केन्द्रीय कलाकार र स्थानीय कलाकारको प्रस्तुती रहनेछ । फागुण १२ गतेदेखि १४ गतेसम्म हुन लागि रहेको सांस्कृतिक कार्यक्रममा चर्चित नायक निखिल उप्रेती मुख्य कलाकारकारुपमा आउने भएका छन् । चलचित्र क्षेत्रमा पछिल्लो समयमा चर्चाको शिखरमा रहनु भएका नायक उप्रेती पहिलो पटक दाङ आउन लागि रहेका छन् ।
आयोजक युवा सञ्जाल धर्नाका अध्यक्ष गुमानसिंह कार्कीका अनुसार दुईदर्जन जति कलाकारहरुले आ–आफ्नो प्रस्तुती देखाउने छन् । कार्यक्रम संयोजक विवेक बुढाथोकीले स्थानीय कलकारहरुले पनि आ–आफ्नो प्रस्तुती देखाउने छन् । बुढाथोकीका अनुसार सांस्कृतिक कार्यक्रममा कलाकारहरु कमल गाउँले, नायीका जानवी बस्नेत, गायक विक्रम थापा, चलचित्र पत्रकार आरेक सुवेदी, गायकहरु पिएन सापकोटा, मधुसुदन डाँगी, मोडल डिलु सुनार, मोडल महेन्द्र गौतम, सँगीतकार करण न्यौपानेलगायतका केन्द्रीय कलाकार र स्थानीय कलाकारहरु आउने भएको हुन् ।
सो अबसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । गिनिज बुकमा नाम लेखाउन सफल आरके सुवेदीलाई विशेष अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सांस्कृतिक कार्यक्रमका लागि धारपानी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारी, उपाध्यक्ष श्रीधर अधिकारी, सचिव विष्णुराम आचार्य, खड्गबहादुर बुढाथोकी, सविन प्रियासन, विवेक श्रेष्ठ, यादव सैघालीलाई सल्लाहकारमा चयन गरिएको छ । सांस्कृति कार्यक्रमलाई व्यवस्थापन गर्नका लागि स्थानीय युवाहरुले विभिन्न तयारी गरिरहेका छन् । मन्दिर परिसरमा सरसफाई गर्ने देखि अन्य विभिन्न कार्यहरु भइरहेको छ ।
