तुलसीपुर १९ माघ । चलचित्रकर्मी यश कुमारले चलचित्र क्षेत्रका बिकृति अन्त्य नभए केही समय पछि भबिष्य अन्यौल रहेको बताए । चलचित्र पत्रकार संघ दाङले तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा उनले चलचित्र क्षेत्रको बिकृतिलाई रोक्न सरकार पनि मुखदर्शक बनिरहेको भन्दै अबको भबिष्य अन्यौल हुने बताए ।
‘ चलचित्र क्षेत्रमा बिकृतिले सिमा नाघि सकेको छ ’ उनले भने‘ तर कुनै पनि निकायले नियणत्रण गर्न सकेका छैन्न ।’ पछिल्लो समय नेपाली चलचित्रको बजार पनि खस्कदै गएको उनको भनाई छ । नेपाली भन्दा पनि बिदेशी चलचित्र रुचाउने स्रोताहरु बढिरहेको छ ।
स्रोता घट्नुको मुख्य कारण नेपाली चलचित्रमा भित्रिएको बिकृति भएको उनले बताए । नेपाली चलचित्र निर्माताहरु मारमा पर्ने गरेको पन उनले बताए । नेपाली चलचित्र हलहरुमा जति कारोबार गरे पनि त्यो रकम निर्माताको हातमा नपर्ने उनले बताए । ‘ फिल्म हलहरुमा चलेपनि हल सञ्चालकहरुले पारदर्शी रुपमा हिसाब देखाउदैनन्, उनले भने ‘ जसले गर्दा पनि निर्माताहरु मारमा पर्ने गरेका छन् ।
साथै चलचित्रहरुको आम्दानीको आधारलाई अझै फराकीलो बनाउने नीति ल्याउनु पर्ने उनको भनाई थियो । बिदेशी चलचित्रहरु नेपालमा चल्न पाउछन् तर नेपाली चलचित्रहरु बिदेशमा चल्न पाउदैन्न, जसले गर्दा नेपाली चलचित्रकर्मीहरुको आम्दानीको आधार खुम्चिएको छ ।
धेरै गीतहरुमा शब्द तथा श्वर दिएका यश कुमारले अब बलात्कार बिरुद्ध गीत लेख्नु पर्ने अबस्था रहेको बताए । उनले बलात्कारको सिकार भएकी महिलालाई समाजले सहर्स स्वीकार नगर्ने भन्दै उनले यसको बिरुद्ध कलम चलाउनु पर्ने अबस्था रहेको बताए ।
अध्यक्ष धुब्रराज न्यौपाने डिआरएनले अध्यक्षता तथा कोषाध्यक्ष शिब पुनले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रमको सहजीकरण सचिब सन्तोष केसीले गरेका थिए।
