इन्द्रेणी संवाददाता
दाङ, १९ माघ । दाङमा आज सवारी दुर्घटनामा परी दुई जना घाइते भएका छन् । घोराहीको दामोदर चोकमा लु १ ख ६८९३ नम्बरको ट्रक र रा २ प ८९६३ नम्बरको स्कुटर आपसमा ठोकिदा दुई शिक्षिका घाइते भएको प्रहरीले जनाएको छ ।

16387274_1333668180029851_5363210259391146556_nदुर्घटनामा परी स्कुटर चालक घोराही जनज्योति विद्यामन्दिरमा कार्यरत शिक्षिकाहरु वसन्ता गौतम र सृजना गौतम घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घाइते दुबैजनाको उपचार घोराहीस्थित राप्ती उपक्षेत्रीय अस्पतालमा भइरहेको छ । घाइते दुबैजना स्कुटरमा सवार थिए । ट्रक र स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ ।