केशरमान बुढाथोकी
गित संगीत त्यस्तो चिज हो जसले जो कोहिको मन मस्तिष्क च्वास्स छुन सक्छ । गीत संगीत सुनेर मन्त्रमुग्ध नहुने त बिरलै होलान तर अर्कालाई आनन्द अनुभूति गराउने कलाकार जो कोहि बन्न सम्भब छैन । जो संग असाधारण जन्मजात केही त्यस्ता गुण हुन्छन त्यो मात्र राम्रो कलाकार बन्न सक्छ । कलाकारिता क्षेत्रमा रमाउने त धेरै हुन्छन स्थापित कलाकार हुन लगातारको त्याग तपस्या हुन जरुरी छ ।

15697485_1223770694375966_1986368535654352483_nनेपाली साङ्गीतिक आकाशमा असंख्य ताराहरु उदाएका छन् । ती मध्ये सफलताको गगन चुम्न भने सीमित मात्र सफल भएका छन् । सुगम संगीतको यात्राका हजार पदयात्रीहरुमध्ये औंलामा गन्नलायकले मात्र चुमेको स्थानमा आफ्नो नाम अंकित गर्न सफल सोलुखुम्भुकी नारी प्रतिभा हुन् सरस्वती लामा ।

14462842_1125366200883083_5464261417189978214_nसगरमाथाको सोलुखुम्भुमा जन्मिएर राजधानीलाई कर्म थलो बनाएकी लामाले बाल्यकाल देखिनै स्थानीय भाका गुञ्जाउँदै विभिन्न स्थानिय सांगीतिक कार्यकरममा आफ्नो कला पस्कने गर्थिन ओठमा स्थानिय भाखा गुनगुनाउदै सडक पेटी पेटी स्कुल जाँदा आउँदा थाह थिएन लामालाई कुनै दिन आफु नेपाली सांगीतिक आकासको चम्किलो तारा बनेर उदाउछु भन्ने कुरा । तर निरन्तरको साधना पश्चात आज सरस्वती चर्चित पप रक गायिका बन्न सफल भएकी छिन ।

14639876_1157568384329531_1822336792119575002_nआकर्षक जिउडाल, कसिलो कम्मर र मृग नैनी आँखा भएकी सरस्वती सांगीतिक क्षेत्रमा लागेको छोटो समयमै आम दर्शकको मन जित्न सफल भएकी छिन । स्वरलाई बरदान मान्ने लामाले यो स्थानमा पुग्नलाई आफुले कठोर साधना गर्नुपरेको कुरा बताउछिन । सरस्वती र लक्ष्मीले बास गरेकी लामा आफुलाई बहुप्रतिभाको धनिको रुपमा परिचित गराएकी छिन । उनी आफै गित कम्पोज गर्छिन आफै स्वर दिनुका साथै आफ्नै डाइरेक्सनमा भिडियो बनाउने सम्म गर्छिन । यति सबै काम आफै गरेपनि सरस्वती आफुलाइ भने पप रक गायिका भन्न रुचाउछिन ।

14915221_1156582351094801_4769275536515886118_nआफुले ९ बर्षको उमेर देखिनै शास्त्रीय संगीत सिक्दै आएकी लामाले कोहि पनि कलाकार सफल र व्यावसायिक कलाकार बन्न स्वर मात्र भएर पुग्दैन भन्छिन । स्वर प्रमुख कुरा भए पनि साधना, रुपरङ र प्रस्तुतीकरण पनि महत्वपूर्ण कुरा हो भन्ने सरस्वतीको धारणा छ । उडिजाने हावाले बोलको रक प्याटन गीतबाट रेकर्डिङ करियर सुरु गरेकी लामाले अहिलेसम्म दर्जनौ चर्चित गीतहरुमा आफ्नो स्वर दिइसकेकी छिन् ।

14440959_1123219524431084_1120280950258732518_nउडिजाने हावाले , उर्वशी जस्ता रक पप गीतको सफलता पछि चर्चामा आएकी लामालाई अहिले भने स्टेज प्रोग्रमामा भ्याई नभ्याई छ ।  पछिल्लो समय चर्चित पप रक गीतहरुमा स्वर दिएर नेपाली संगीत पारखी युवापीडिको मुटुको ढुकढुकी बनेकी लामाले आफ्नो नसा नसामा संगीतको भाव बग्ने गरेको बताउछिन ।

14329871_1116629641756739_641340859255440285_nगीतसंगीतको उर्वरभूमि सोलुखम्बुमा जन्मिए पनि कर्मथलो काठमाडौंलाई बनाएकी लामाको शब्द र संगीतको तादाम्यबाट उत्कृष्ट स्वर दिने गायक गायिका मात्र व्यावसायिक कलाकार हुन् भन्ने धारणा छ । शास्त्रीय संगीतमा स्नातकोत्तर गरिरहेकी लामाको गायन क्षेत्रबाट सगरमाथा चुम्नु जीवनको अभिष्ट लक्ष्य हो । समाजका दिन दुखि हरुको पीडालाई देख्न नसक्ने सामाजिक भाव बोकेकी बहुप्रतिभाकी धनि सरस्वतीले आफुले भोली गएर बृद्दाश्रम खोलेर बृद्द बृद्दाहरुको सेवा गर्ने लक्ष राखेको बताउछिन ।

14333594_1116630801756623_5191556570143605619_n