तुलसीपुर, १८ माघ । भोलि अहिलेसम्मकै सबैभन्दा धेरै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती तुलसीपुरमा जारी मध्यपश्चिम क्षेत्रिय ब्यापार तथा पर्यटन महोत्सव एव औद्योगिक कृषि मेला २०७३ मा वुधवार आज सम्मकै सबैभन्दा धेरै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
जारी महोत्सवमा बुधवार राष्ट्रिय तथा स्थानिय स्तरका चर्चित कलाकारहरु गायक तथा नायक यश कुमार, चर्चित गायीका कोमल वलि, कलाकार सुनिल थापा (राते काईला),यम वराल, चर्चित गायक सत्यराज आचार्य,जुना प्रसाई,संचारकर्मी हेम सुवेदि,गणेश पराजुली,जिवी ढुगेंल ,गायक कृष्ण रेउले,टोपेन्द्र विष्ट, गायिका गीता रेउले,विकास पुन,प्रेम प्रकाश मल्ल,देवकला वस्नेत ,गायिका तृष्णा बुढाथोकि, पुजा पुरी, जालुमाया गुरुङ,झन्कार बुढामगर,हास्य कलाकार तुलसीराम वस्याल लगायत चर्चित कलाकारहरुको प्रस्तुती रहने महोत्सवका सांस्कृतिक संयोजक विर बहादुर रावत (विरु) ले जानकारी दिए ।
