दाङ, १८ माघ । राप्ती बबई क्याम्पस तुलसीपुरका सहायक क्याम्पकस प्रमुख जिवराज शर्माले आफुलाई प्राध्यापकहरुले धम्कि दिने गरेको आरोप लगाएका छन् ।
आज मंगलवार एक विज्ञप्ति जारी गरी शर्माले आफु र आफ्नी श्रीमतीलाई केही प्राध्यापकहरुको धम्किपूर्ण फोन आउने गरेको बताएका छन् । सहायक क्याम्पस प्रमुख समेत रहेका शर्माले फोनमार्फत आउने धम्कीले आफु आतंकित भएको बताएका छन् ।
