तुलसीपुर, १८ माघ । महिला सशक्तिकरणका लागि महिलाहरु एकजुट भएर अगाडि वढ्नु पर्ने आवश्यक रहेका वक्ताहरुले वताएका छन् । तुलसीपुर नगरपालिकाको आयोजना र महिला सञ्जाल हलवारको संयोजनमा भएको उद्घोषण तालिमको समापन कार्यक्रममा वोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

महिलाहरुलाई विभिन्न कार्यक्रममा सरिक भएर वोल्ने सीपको विकासका लागि आयोजना गरिएको तुलसीपुर नगरपालिकाका समाज कल्याण अधिकृत टोपवहादुर डाँगी प्रमुख आतिथ्यता एवम् सुचना अधिकृत झरेन्द्र खरेलको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा नन्दा जिसी, हरि थापा, श्याम पोख्रेल, वेलमति घर्ती, मानवहादुर भुषालका साथै प्रशिक्षार्थीका तर्फबाट कुन्ता देवकोटा र मनकुमारी विकले आफ्ना विचार राखेका थिए ।