तुलसीपुर, १८ माघ । नयाँ सर्वर जडानसँगै यातायात व्यवस्था कार्यालय राप्ती तुलसीपुरमा आजदेखि लाईसेन्स सम्वन्धि सम्पूर्णकाम सुचारु भएको छ ।

dddकार्यालयमा सोमवार मात्रै नयाँ सर्भर जडान गरिएको र आजदेखि लाईसेन्स नविकरण लगायत लाईसेन्स सम्वन्धि सम्पूर्ण काम सूचारु भएको कार्यालय प्रमुख अच्यूत दाहालले तुलसीपुर अनलाईनलाई बताए ।

त्यसअघि पुरानो सर्भरवाट नयाँ सर्भरमा डाढा माईग्रेसन गर्दा लाईसेन्स सम्वन्धि सम्पूर्ण काम रोकिएपछि सेवा ग्राही मर्कामा परेका थिए ।