दाङ, १८ माघ । बालबालिकालाई बालअधिकार नैतिक शिक्षाका बारेमा सचेतना प्रदान गर्ने उद्देश्यले जिल्लाका दुईओटा माविमा बालअधिकार चेतना समूह गठन गरिएको छ ।

16426319_1181251501924844_937129034_nइन्सेकद्धारा तीन वर्षका लागि जिल्लामा सञ्चालन गरिएको इएलपी कार्यक्रम अन्गर्तत सौडियार गाविसमा रहेको माविमा जजरागाउ र लक्ष्मीपुर गाविसमा रहेको मावि झिग्नीमा चेतना समूह गठन गरिएको इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले जानकारी दि ए ।

मावि जजरागाउमा कक्षा ९ का भिमबहादुर सुनारकोे अध्यक्षतामा गठन भएको समूहको उपाध्यक्षमा कक्षा ९ कि सिया पन्त, सचिव कक्षा ८ कि मञ्जु केसी र कोषाध्यक्षमा कक्षा ९ की सृजना चौधरी रहनु भएको छ । त्यसैगरी अन्य सदस्यहरुमा पुष्पकमल विक, सविता चौधरी, योगेश अधिकारी, गोविन्दलाल जैशी, विनिता नेपाली, पुनम पुन र अनिता रावन रहेका छन् । समूहको संरक्षक शिक्षक रामहरी आचार्य रहेका छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक टंकबशहादुर वलीको अध्यक्षता तथा मानवधिकार निगरानी समूहका सदस्य लौटन चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रमका बारेमा इन्सेक जिल्ला कार्यक्रम सहजकर्ता शालिकराम मुसाफिरले जानकारी गराएका थिए ।

त्यसैगरी लक्ष्मीपुर गाविसमा रहेको मावि झिङनीमा कक्षा ९ की खुमा पुनको अध्यक्षतामा ११ सदस्यीय वालअधिकार चेतना समूह गठन गरिएको छ । समूहको उपाध्यक्षमा अर्जुन चौधरी, सचिव मेनका विसी, कोषाध्यक्ष निसानी चौधरी रहेका छन् । सदस्यहरुमा तारा विक, जुनु नेपाली, जेनी विक, संचिता चौधरी, युवराज पुन, स्वस्तीका विसी र एलिसा नेपाली रहेका छन् ।

विद्यालयका प्रअ कृष्णप्रसाद अधिकारीको अध्यक्षता तथा लक्ष्मीपुर गाविसका सामाजिक परिचालक हेमराुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका शिक्षक वामदेव अधिकारीलाई संरक्षक चयन गरिएको छ ।