15801771_1157829960933665_1110438735_n

शालिकराम मुसाफिर

लाईक मात्र किन हजुर कमेन्ट पनि ठोक जैले
उसलाई माया यति धेरै यसलाई पनि बोक कैले ।

पिजडाको सुगा बनाइ राख्यौं तिमले बल गरि
आलु मात्र किन हो त मटर पनि फोक कैले ।।

आज एउटा भोलि अर्कै कुरा फेर्ने बानी तिम्रो
मनको तृष्णा मेट्ने एउटा शब्द छानि घोक कैले ।।।

गर्मी यामको चौपाया झै छाडा हुदा सदा तिमी
ओडार तिर सर्नु पर्ला आफ्नो पाईला रोक कैले ।।।।

लाईक मात्र किन हजुर कमेन्ट पनि ठोक जैले
उसलाई माया यति धेरै यसलाई पनि बोक कैले ।।।।।