काठमाडौं, १८ माघ । चुनावमा समानुपातिकतर्फ सिट सुरक्षित गर्न न्युनतम मत पाउनु पर्ने अर्थात थ्रेस होल्ड राख्न तीन ठूला दल सहमत भएका छन् ।

tin-dal1राजनीतिक दल सम्बन्धी विधेयकमाथि छलफल गर्दै संसदको राज्य व्यवस्था समितिको उपसमितिले ३ प्रतिशत थ्रेस होल्ड राख्ने निर्णय गर्न लागेको छ । यो निर्णयलाई औपचारिकता दिन उपसमितिको बैठक जारी छ ।

लामो समयदेखि थ्रेस होल्डबारे दलहरुबिच विवाद थियो । थ्रेस होल्ड नराख्दा साना दलको कारण संसदीय व्यवस्था नै बद्नाम भएको भन्दै विज्ञहरुले कानुनमा थ्रेस होल्ड राख्नु पर्ने सुझाव दिँदै आएका थिए । थ्रेस होल्डको साना दलले भने विरोध गर्दै आएका छन् ।