शरद रेग्मी
तसलसीपुर, १८ माघ । तुलसीपुरमा संचालन भइरहेको ‘क्लीन तुलसीपुर ग्रीन तुलसीपुर’ सरसफाई अभियानमा फोहर संकलनको लागी डस्टबीन प्रयोगमा ल्याइएको छ ।
सरसफाई अभियान २४ औं हप्तामा प्रबेस गरेसंगै बिभिन्न घर तथा सडकमा हिड्ने यात्रुहरुबाट संकलन हुने फोहरलाई ब्यबस्थापन गर्न बजारका बिभीन्न स्थानमा एक हजार बढी डस्टबीनहरु राखिएको छ ।
आज मंगलबार भएको सरसफाई अभियानमा कलाकारहरु समेत सहभागी भयर आयोजकलाई थप उत्साहित बनायका छन सरसफाई अभियानले तुलसीपुरलाई राष्ट्रिय स्तरमा चिनाउन मद्धत पुरायकोले ्अभियानलाई सबैले सहयोग गर्न उनिहरुले अनुरोध समेत गरेका छन । कार्यक्रममा कलाकारहरु गिता रेउले बिकास घले लागायत कलाकारहरुको सहभागिता रहेको थियो ।
