तिलक प्रताप चन्द
दाङ तुलसीपुर माघ १८ मेलामा घुमाउछु उट,चौरीगाई कलाकारहरु देखाउछु भनेझै रमाइलो गर्ने बाहानामा दर्शकको भिड बढ्ने सम्भावना बन्छ ।तर तुलसिपुरको कृषि तथा औधोगिक मेलामा उट,चरा मुख्य आकर्षण बनेको देखिन्छ।यि चिजलाई हेर्न मान्छे आउँछन् तर सबै छिमेकी मुुलुकका रहेपनि एकपटक पुलुक्क हेर्छन् ।

o2नयाँ चिज सबैलाई हेर्न मनपर्छ त्यो मेलामा मिल्छ । वास्तवमा मेला किन लाग्छ ,मेलाको उदेश्य के हो ?सबैमा चासोको विषय बनेको छ । मेलालाई कसरी अवलोकन गर्नेभाछ ?भन्ने प्रश्नमा एक जवाफ, ‘मेलालाई आकर्षक बनाउने भन्दा पनि ब्यापार गर्ने उदेश्य राखेर भेला गर्ने थलो हो।’ भनेर एक तुलसीपुरमा प्लस टु पढिरहेका दिपक विकले बताए । यो कस्तो उदेश्यको मेला एउटा बाजा अर्केा ताल भनेझैँ चिज भारतको आधा व्यापार भारतकै तर हाम्रो चिजको प्रचार खै हाम्रो सांस्कृतिक चिजको प्रर्वद्धन नगर्न?१५ बर्ष अघि मेलामा दिने मिठो मिठाइ ,जेरी स्थानिय मादल,बासुरीमा नाचिने टप्पा गित ,बनघाँरीको नाच साह्रै मौलिक लाग्थे ।

ती त आजकल विरानो हुदै गए ।शान्तिनगर गाविसका स्थानिय गायक संकर पुरुषले राधिका हमालसँग गित गाए ‘तिउन मिठो सिन्कि’ राष्टिय तरकारीको प्रचार भयो ।त्यस्तै अहिले ‘कहिले लेक चढे कहिले बेसी झरे’स्थानिय भाका लिएर उनि महोत्सवमा हिडिरहेका छन् । उनलाई तुलसिपुरको महोत्सवमा वोलाइन जसले गर्दा उनि केहि निरास बनेको विचार गरे ।

यसरी स्थानिय कलाकार छुट्ने भारतिय उट,स्टन्ट खेलमा दर्शकले ताली बजाउने । यस्तो मेला महोत्सवमा हामी रमिते भएर महिनामा ३ वटा मेला हेरेर विधार्थी, बजार व्यापारी ,स्थानिय लागिरहे हाम्रो समय र उदेश्यमा विघ्न बाधा पुग्ने विधमान समस्या दाङ् चलिरहेका छन् । यसपछि मंसिर २७ गते दाङ् घोराहीमा महोत्सव हुदै छ ।

म्ोला भनेको सबै स्थानिय घरेलु सिप र साधनले बनाएकाटोपी,सुइटर,हसिया,कोदाली,कुचो ,पुरी,सेल,जेरी ,पक्कि मिठाइ,डोको ,सुबो(नाङ्लो),छिट्नी,मुडा साथै स्थानिय लोक संस्कृति हुने मानिसहरुको भेला थियो ।तर अहिले उत्साह,हर्ष ठुलो मादलको ठाउमा डिजे सबै मौलिकता नभएका गित रातो रातो खुर्सानी पिरो छ क्षेत्रीको छोरा ेहिरो छ ।बाकी सबै मेलामा आउने हिरो छ भन्दै उर्छछन् । बिना स्वर र तालका सँगितै नभएका गित लाई मुख्य कलाकार बन्छन्।

एक युवतिलाई मोडल बनाउने चाहाना देखाए बिजौरी महौत्सबमा दुर्गेश थापाले खुलेयाम स्टेजमा बोले । के उनि युवति खोज्नलाई हिडेका हुन्। यस्ता गलत सोचाई प्रसय पाउने माहोल यि महोत्सबले सिकाए।सयको नोटमा हाटबजार मेला लाग्ने मेला करोडको मेला भएका छन्। महोत्सव पैसा कमाउने भाडो बनेको छ ।

मिडियामा विज्ञापनको ताती छ। समाचार सबै मेलामा नै आउनुपर्छ हैन ।भन्छनन् नि जस्तो जस्तो देउता त्यस्तै त्यस्तै पुजा यहि कारण मेलालाई पुजा गरेपनि नगरेनी दर्शक आफै सक्षम छन्।आफ्नो काम गरौ आफ्नै संसारमा रमाउ मेला धैरै लाग्यो भनेर मन नघुमाउ ।