काठमाडौं, १८ माघ । चलचित्र छक्का पञ्जाको सफलतासँगै निर्देशक दीपाश्री निरौलाले नयाँ कार किनेकी छन् । निरौलाले रातो रंगको ‘ह्युन्डाइ आइ ट्वेन्टी एक्टिभ’ किनेकी हुन् । दीपाले किनेको यो दोस्रो कार हो ।
यसअघि उनी सिल्भर रंगको सेन्ट्रो चढ्दै आएकी थिइन् । ज्योतिषीको सल्लाह अनुसार हरेक काम गर्ने दीपाले कार किन्दा पनि ज्योतिषीकै सुझाव अनुसार रंग र कारको नम्बर छनौट गरेको बताइन् । यहाँसम्मकी कार भित्र्याउने शुभ साइत सोमबार दिउँसो ४ बजे तोकिएको थियो ।
‘यो कार छक्का पञ्जाको टिमको उपहार हो रु’ भन्ने हाम्रो प्रश्नमा दीपाले भनिन्, ‘सबैले माया गरेर यो कार किनिदिनु भएको हो । मलाई यो रंगको कार फाप्छ भनेर नि भन्नु भएको छ ।’ दीपाले किनेको यो कारको मूल्य झण्डै ४० लाख पर्छ ।
