mailaतुलसिपुर १८ माघ ।  तुलसिपुर नगर स्तरिय महिला संजालको वैठक भएको छ । सञ्जालकी अध्यक्ष यमुना शाहको अध्यक्षतामा भएको वैठकले इलाका प्रहरी कार्यलय नजिकै रहेको जग्गामा महिला तथा वालवालिका कार्यालयको लागी भवन निर्माण गर्ने निर्णय गरेको छ ।

तुलसिपुर नगरपालिकाले चालु अर्थिक बर्षमा छुट्याएको रु सात लाखको लगानीमा भबन निर्माण गर्ने निर्णय भएको हो । वैठकमा तुलसिपुर नगरपालिकाका समाज कल्यान अधिकृत टोप वहादुर डाँगी, ईञ्जिनियर पवन कुमार योगी, एलजिसिडिपिका कार्यक्रम अधिकृत भिम वहादुर खत्री, नगरवाल सञ्जालका अध्यक्ष कमल नेपाली सामाजिक परिचालक तुलसा खड्का, गंगा हमाल, नानुमैया वली , कक्षा १ देखि २० वडाका महिला संजालका अध्यक्ष वडा नागरीक मञ्चका संयोजक लगाएतकाको सहभागि रहेका थियो ।

साथै सोमबार बसेको वैठकले सावित्रा आचार्यको अध्यक्षमा ११ सदस्य उपभोक्ता समिति गठन गरिएको छ । जसको सचिवमा रेश्मी वली, कोषध्यक्षमा ईश्वरी केसि रहेका छन् ।

साथै वैठकले अनुगमन समिति पनि गठन गरेको छ । नगर स्तरिय महिला सञ्जालकी संयोजक यमुना शाह,महिला अधिकार कर्मी शुश्म गिरी, जिवा पुन, रमा डाँगी, चम्फा विकलगाए अनुगमन समिति गठन गरिएका छ । वैठकको सहजीकरण महिला सञ्जालकी सचिव रेश्मी वलीले गरेकी थिईन् ।